जसपा नेपाल गौरिगञ्जमा गुरुदेव सिंह चयन - Mangsebung News
  • शनिबार, फागुन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जसपा नेपाल गौरिगञ्जमा गुरुदेव सिंह चयन

गौरिगञ्ज । जनता समाजवादी पार्टी, नेपालको गौरिगञ्ज गाउँपालिका समितिको अध्यक्षमा गुरुदेव सिंह चयन भएका छन् ।

आइतबार सम्पन्न पार्टी पुनर्गठन कार्यक्रमबाट सिंह नेतृत्वको ११ सदस्यीय समिति पुनर्गठित भएको हो ।

समितिका उपाध्यक्षमा जहरलाल राजवंशी, सचिवमा सुशिल दास, उपसचिव हिरालाल यादव र कोषाध्यक्ष रमेश राजवंशी चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा क्रमशः चेतलाल राजवंशी, चन्दन यादव, कपिल यादव, सुरेन यादव, रविता यादव र राकेश विश्वास चयन भए ।

जसपा नेता सत्यदेव यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जसपा नेपाल केन्द्रीय सदस्यहरु रंगलाल राजवंशी, धिरेन लावती, कमन देवान, मधेश राष्ट्रिय समितिका अध्यक्ष तुलसीप्रसाद राजवंशी, उपाध्यक्ष हेमनसरी राजवंशी, जिल्ला अध्यक्ष शत्रुधन चौधरीलगायतले शुभकामना दिएका थिए ।

कार्यक्रमका वक्ताले जसपा नेपालले सरकारको गठजोडमा लागेर देश र जनतालाई भ्रमित पार्न नहुने कुरामा जोड दिएका थिए । देश र जनताको भरपर्दो विकल्प जसपा नेपाल मात्रै रहेको जिकिर गर्दै उनीहरुले ‘जनतासँग जसपा नेपाल अभियान’ लोकप्रिय बन्दै गएको जिकिर गरे ।

सम्बन्धित खवर