- आन्छुमे नसान
माङसेबुङ । गायिका सम्झना योङहाङ र गायक मोतिराज आङदेम्बेको आवाजमा पुर्वेली लोक भाकामा सजिएको गित ‘सेवारो सोल्टीनी’ सार्वजनिक गरिएको छ ।
गितकार किरण चेम्जोङको शव्द तथा गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा सजिएको पुर्वेली गित ‘सेवारो सोल्टीनी’ भिडियो एकान्त आङदेम्बे लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
देबेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ योगेन मुकारुङले गरेका हुन् ।
पान्थरको रमणीय स्थलहरुको बयान गरिएको प्रेमिल गितमा सम्झना र मोतिरामले नै फिचरिङ गरेका छन् ।
भिडियोमा बिनोद याक्खाको छायांकन तथा सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस…