- आन्छुमे नसान
माङसेबुङ । दिनेश माङमुको निर्देशन तथा कोरियोग्राफीमा लोकप्रिय लोक गायक जितेन राई र लोकप्रिय गायिका सुनिता थेगिमको स्वरमा पुर्वेली लोक भाकामा सजिएको सदावहार गित ‘मालिङगो काटि नि लै लै’ सार्वजनिक गरिएको छ ।
धेरै बर्ष अघिनै ख्याति कमाएको बहुचर्चित गितलाई पुनः नयाँ भर्जनमा रेकर्ड गरिएको ‘मालिङगो काटि नि लै लै’ मा जितेन राईकै शव्द, संगीत र संगीत संयोजन रहेको छ । ए वान म्युजिसियनमा रेकर्ड गरिएको गितमा किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ ।
म्युजिक नेपालबाट सार्वजनिक गितको भिडियोमा फुलेन्देको बाउ(मौसम इम्बुङ) र फुलेन्देको आमा(उमेश राई)ले फिचरिङ गरेका छन् । फुलेन्देको बाउ र आमा पहिलो पटक एकै साथ देखिएको भिडियोमा जितेन राई र उदय बेघाको समेत अभिनय रहेको छ ।
अधिबक्ता शान्ति देवि राईको निर्माणमा साइना तामाङको सहायक कोरियोग्राफी रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन, रमेश पराजुलीको सहयाक छायांकन, पुनम चौधरीको मेकअप र अनिल रानाको सम्पादन रहेको छ ।
भिडियोमा माङमु फिल्म्सको पोष्ट प्रडक्शन रहेको छ भने उदय बेघा प्रडक्शन मेनेजर रहेको छ । गित जति रोमान्टिक, माधुर्य छ, भिडियो त्यतिनै राम्रो बनेको छ ।
भिडियो हेर्नुहोस…