याक्थुङ मुन्चईत चोक सयङ हङकङको अध्यक्षमा रबिन कुमार नाल्बो चयन - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ मुन्चईत चोक सयङ हङकङको अध्यक्षमा रबिन कुमार नाल्बो चयन

माङसेबुङ । याक्थुङ मुन्चईत चोक सयङ हङकङको अध्यक्षमा सफल ब्यबसायी तथा चलचित्र निर्माता रबिन कुमार नाल्बो चयन भएका छन् ।

किरात याक्थुङ चुम्लुङ हङकङको सभाहलमा संस्थापक अध्यक्ष मौसम इम्बुङ र हाङ चेम्जोङको संयोजनमा बुधबार सम्पन्न याक्थुङ मुन्चईत चोक सयङ हङकङको प्रथम ऐतिहासिक अधिवेशनबाट नालबोको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरिएको हो ।

नवगठित वरिष्ठ उपाध्यक्षमा भबेन्द्र थाम्सुहाङ, उपाध्यक्षमा भिम प्रसाद तुम्बाहाङफे, महासचिवमा हाङ चेम्जोङ, सचिवमा सुक्मिता केरुङ, कोषाध्यक्षमा संगिता लावती, सक्रीय सदस्यहरुमा जानु काम्बाङ र हेम राज अन्छङ्बो चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा मनुता काम्बाङ, टिका माखिम, सन्जु लिम्बु, प्रकाश आङ्बुहाङ, यमुना नेम्बाङ चेम्जोङ, सुकु स्याम्याङ्खाम, गंगा मादेन चयन भएका छन ।

सल्लाहकारहरुमा बिस्णु कुमार थेबे, हस्त लिबाङ, हेमन्त कष्ण पंधाक र रमेश सिंगक मनोनित भएका छन् ।

किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष सम्शेर तुम्बाहाङ्फेको प्रमुख आथित्यता रहेको कार्यक्रममा बिशिष्ट अतिथि मुन्धुम अध्ययन प्रतिष्ठानका अध्यक्ष भुपेन्द्र चेम्जोङ, बिशेष अतिथि आदिबासी जनजाति महासंघ हङ्कङका लिम्बु प्रतिनिधि रबिन लिङ्देन, बिशेष अतिथि याक्थुङ हाक्पारे पालाम सयङ हङ्कङका अध्यक्ष त्रिभुवन लुङ्फुङ्वा, याक्थुङ आर्टिस सोसाइटी हङ्कङका हेमराज अन्छङ्बो लगायतको उपस्थितिमा प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको हो ।

नवगठित याक्थुङ मुनचईत चोक सयङले मुकुम्लुङ आन्दोलनमा घम्भिर घाइते भएका योद्धा हरुलाई तत्काल आर्थिक सहयोग गर्ने निर्णय पारित गरेको छ । यसैगरी भेलाबाट लिम्बु चलचित्रहरुको बजारीकरण, ब्यबस्थापन के–कसरी गर्न सकिन्छ भन्ने बारे पनि महत्त्वपूर्ण छलफल गरेको थियो ।

सम्बन्धित खवर