माङसेबुङ । किरात याक्थुङ चुम्लुङ माङसेबुङ गाउँपालिकाको दोस्रो गाउँ अधिवेशनबाट अध्यक्षमा मनरस लिम्बू (विपन) निर्विरोध निर्वाचित भएका छन् ।
इलामको माङसेबुङ गाउँपालिका १, गजुरमुखीमा किरात याक्थुङ चुम्लुङ इलाम जिल्ला सचिव राम योङहाङको प्रमुख आतिथ्यमा मंगलबार सम्पन्न चुम्लुङको दोस्रो गाउँ अधिवेशनबाट मनरसको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् ।
नवनिर्वाचित उपाध्यक्षमा रुपा आङदेम्बे, सचिवमा अमीस योङहाङ, सहसचिवमा जयप्रकाश योङहाङ र कोषाध्यक्षमा नन्दकुमार शेर्मा निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुहरुमा रत्ना लावती, शंकर योङहाङ, डिलीराम इधिङ्गो र ललितचन्द्र फियाक निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमिति पदाधिकारी र सदस्यहरुलाई जिल्ला सचिव एवम् निर्वाचन समिति संयोजक राम योङहाङले पद तथा गोपनीयताको सपथ गराएका थिए ।
किरात याक्थुङ चुम्लुङ माङसेबुङका निवर्तमान अध्यक्ष कमला आङदेम्बेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ, चुलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बू, माङसेबुङ गाउँपालिका १ का वडाअध्यक्ष भूपाल योङहाङलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको स्वागत उपाध्यक्ष रुपा आङदेम्बे र सञ्चालन निवर्तमान सचिव राजेन्द्र नेम्बाङले गरेका थिए ।