माघ २५ र २६ मा हुने भनिएको याक्थुङ फक्ताङलुङ आईडल सेक्फुङ ३ को ग्राण्ड फिनाले स्थगन - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माघ २५ र २६ मा हुने भनिएको याक्थुङ फक्ताङलुङ आईडल सेक्फुङ ३ को ग्राण्ड फिनाले स्थगन

माङसेबुङ । याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ आयोजना गरिएको याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को आगमी माघ २५ र २६ मा हुने भनिएको ग्राण्ड फिनाले स्थगन भएको छ ।

आयोजक फक्ताङलुङ साँस्किृतिक मञ्चले विहिबार अध्यक्ष पुर्ण कुमार सेर्मा ‘यादन’द्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै पहिचान संस्कृती, मुन्धुम र पवित्र अध्यात्मिक मुन्धुमी देवस्थलको बचाउको आन्दोलनमा केन्द्रित हुनु पर्ने भएकोले हाम्रो आगामी माघ २५ र २६ गतेको घोषित ग्राण्ड फिनाले कार्यक्रम अर्को सुचना जारी नभईन्जेल सम्मलाई स्थगन भएको जनाइएको छ ।

ताप्लेजङको मुन्धुमी स्थल मुकुम्लुङ, सेमुक्तु, पाथीभरा बचाउको नो केबल कार अभियानमा हाम्रा धेरै आन्दोलनकारी योद्धाहरुलाई राज्यको तर्फबाट गोली हानी धेरैलाई अंगभंग गरि वर्वरता पूर्वक दमन गरि अशान्ति फैलाउने काम भएकोछ, राज्यले यस्ता पवित्र देवस्थलहरुलाई बचाउनु सरक्षण गर्नु पर्नेमा निजि कम्पनीका ब्यपारीलाई सुम्पी त्यहाँ लाखौं राष्ट्रिय फूल लालीगुराँस काट्ने, पशुपन्छी, चौपायाहरु बिस्थापित गर्ने जैविक विविधता नस्ट हुने काम गरेको, लाखौं धार्मिक अनुयायीहरुको भावना र आस्थामा आँच आउने काम गरि यस्ले चौतर्फी नैतिक दवाब परेको र यो घडीमा हामी गर या मरको परिस्थिति सामना गर्नु परेको हुँदा पूर्ब घोषित कार्यक्रम स्थगन गरि पहिचान संस्कृती, मुन्धुम र पवित्र अध्यात्मिक मुन्धुमी देवस्थलको बचाउको आन्दोलनमा केन्द्रित हुनु पर्ने भएकोले हाम्रो आगामी माघ २५ र २६ गतेको घोषित कार्यक्रम अर्को सुचना जारी नभईन्जेल सम्मलाई कार्यक्रम स्थगन भएको सुचना सुचित गरिन्छ । विज्ञप्तिमा भनिएको छ ।

यसैगरी हाल अनलाइन प्रशिक्षणमा रहेका उत्कृष्ट १० प्रतियोगी प्रतिभाहरु ग्राण्ड फिनालेको प्रस्तुतिको लागि तयारी गरिरहेको आयोजक फक्ताङलुङ साँस्कृतिक मञ्चका केन्द्रीय अध्यक्ष पुर्णकुमार सेर्मा(यादन) बताए ।

यसअघि याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ का उत्कृष्ट १० प्रतियोगी प्रतिभाहरुको एक महिने मुन्धुमी प्रशिक्षण गत मंसिर ७ देखि पुस ७ गते सम्म सम्पन्न भएको थियो ।

उत्कृष्ट १० प्रतियोगी प्रतिभाहरुलाई एक महिने मुन्धुमी प्रशिक्षण अन्तरगत पहिलो चरणको एकहप्ते मुन्धुमी प्रशिक्षण काठमाडौंमा सम्पन्न भएको थियो । त्यसपछि दोस्रो चरणको मुन्धुमी प्रशिक्षण इलामको धार्मिक पर्यटकिय स्थल माङसेबुङमा सम्पन्न भएको थियो ।

यसैगरी तेस्रो चरणको मुन्धुमी प्रशिक्षण लिम्बूवानको दमकमा सम्पन्न भएको थियो । यसरी तीन चरणमा एक महिने प्रशिक्षण सम्पन्न भए पश्चात प्रतियोगी प्रतिभाहरुलाई बिदाई गरेको थियो ।

याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ ३ को उत्कृष्ट १० प्रतियोगी प्रतिभाहरुमा बिजय फागो वनेम, गगन प्रकाश लावती, मनु योङ्हाङ, अशल तुम्रोक, दर्पण शेर्मा(याम्धान), सुनिता योङ्हाङ, अर्जुन नाल्बो, दिलिप माखिम, सन्जित्रा लिम्बु लाफुन र राजेन्द्र सेर्मा रहेका छन ।

रैथाने किरात याक्थुङ गित संगीतको सरक्षण सम्बद्र्धन र बिकास गरि मुन्धुमी संगीतको दुनियाँमा नयाँ आयाम थप्ने, नयाँ पुस्तालाई आकर्षण गरी जिम्मेवारी सुम्पने उदेश्यका साथ ‘याक्थुङ साम्लो साम्लोरिरो, साम्लोइ लोइ लाम्लोरिरो’ भन्ने मुल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष सेर्माले बताए ।

प्रेस बिज्ञप्ती

मिति २०८१ मा १७ गते

लुङमेन्दिङ सेवारो,

किरात याक्थुङ साम्जिक मुन्धुममा वर्णित प्रथम स्त्री मानव (मेन्छामगेन नाम्याप्मी सा )मुजिना खेयङनाको जन्म पश्चात वैसालु याौवन र एक्लोपन समिश्रित पिडासंगै जन्मिएका याक्थुङ संगीत, मुर्छना र वान्कीहरु, हरेक बिधामा बिकसित भए, थिए, तर समय परिवेशसंगै हराउँदै गएका यी लोपोन्मुख रैथाने याक्थुङ गित संगीतको सरक्षण सम्बद्र्धन र विकास गरि मुन्धुमी संगीतको दुनियाँमा नयाँ आयाम थप्ने, नयाँ पुस्तालाई आकर्षण गरी जिम्मेवारी सुम्पने उद्देश्य सहित विगत मिति २०६५, ६६ देखि निरन्तर विभिन्न गतिविधि संचालन गर्दै आइरहेको जग जाहेर नै छ ।

त्यसैको निरन्तरता स्वरुप गत २०८१ बैशाख १ गते देखि तेस्रो सिजन याक्थुङ फक्ताङलुङ आइडल अन्लाईन अडिशन आबेदन फारम खोली जेष्ठ महिना देखि संसार भरीका याक्थुङ प्रतिभाहरु खोज्न प्रविधिको माध्यमबाट शुरूवात गरी नेपाल, भारत सिकिम, दुबई र कोरिया साथै विभिन्न देशहरु मार्फत ५३ जना प्रतियोगीहरुलाई अनलाइन मार्फत चरणबद्ध रूपमा अडिसन लिइ पहिलो चरणबाट ३८ प्रतियोगी, दोस्रो चरणबाट २५ प्रतियोगी र तेस्रो चरणबाट १५ जना र चौथो चरणबाट (टपटेन)उत्कृष्ट दश छनोट गरी उक्त उत्कृष्ट दश प्रतियोगीहरुलाई काठमाडौ उपत्यका, याक्थुङ लाजे माङसेबुङ र दमक झापामा एक महिने मुन्धुमी प्रशिक्षण गराई बिजेता घोषणाको लागि ग्राण्ड फिनाले आगामी माघ २५ र २६ गते गर्ने मिति तय भएको थियो ।

तर उक्त घोषित कार्यक्रम ताप्लेजङको मुन्धुमी स्थल मुकुम्लुङ, सेमुक्तु, पाथीभरा बचाउको नो केबल कार अभियानमा हाम्रा धेरै आन्दोलनकारी योद्धाहरुलाई राज्यको तर्फबाट गोली हानी धेरैलाई अंगभंग गरि वर्वरता पूर्वक दमन गरि अशान्ति फैलाउने काम भएकोछ, राज्यले यस्ता पवित्र देवस्थलहरुलाई बचाउनु सरक्षण गर्नु पर्नेमा निजि कम्पनीका ब्यपारीलाई सुम्पी त्यहाँ लाखौं राष्ट्रिय फूल लालीगुराँस काट्ने, पशुपन्छी, चौपायाहरु बिस्थापित गर्ने जैविक विविधता नस्ट हुने काम गरेको, लाखौं धार्मिक अनुयायीहरुको भावना र आस्थामा आँच आउने काम गरि यस्ले चौतर्फी नैतिक दवाब परेको र यो घडीमा हामी गर या मरको परिस्थिति सामना गर्नु परेको हुँदा पूर्ब घोषित कार्यक्रम स्थगन गरि पहिचान संस्कृती, मुन्धुम र पवित्र अध्यात्मिक मुन्धुमी देवस्थलको बचाउको आन्दोलनमा केन्द्रित हुनु पर्ने भएकोले हाम्रो आगामी माघ २५ र २६ गतेको घोषित कार्यक्रम अर्को सुचना जारी नभईन्जेल सम्मलाई कार्यक्रम स्थगन भएको सुचना सुचित गरिन्छ । साथै यस स्थगनबाट ग्राण्ड फिनालेको तयारीमा रहेको जज, उत्कृष्ट दश फाइनलिष्ट लगायत सम्पूर्ण सहयोगी आम शुभेच्छुकहरुमा पर्न गएको असुविधाहरु प्रति मुल–आयोजक समिति क्षमायाचना चाहान्छौं । सेवारो ।

पूर्ण कुमार सेर्मा ‘यादन’
अध्यक्ष/संयोजक

सम्बन्धित खवर