अनिश्चितकालीन यातायात बन्द यथावत, माघ २० र २१ गते लिम्बूवान बन्द - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अनिश्चितकालीन यातायात बन्द यथावत, माघ २० र २१ गते लिम्बूवान बन्द

माङसेबुङ । मुक्कुमलुङ ताङसेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदीय समितिले माघ १५ गते देखि अनिश्चितकालीन मेची हाइवे, तमोर करिडोर, साथै तेह्रथुमबाट ताप्लेजुङ प्रबेश गर्ने नाकाहरु सहितको ताप्लेजुङ बन्द आज चौंथो दिन पनि यथावत राखेको छ ।

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग सहित सात बुँदे माग राख्दै मुक्कुमलुङ ताङसेप चुम्भोले माघ १५ देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको थियो ।

गत माघ १२ गते आन्दोलनरत पक्षहरुलाई खाना खाईरहेको बेला शसस्त्र प्रहरीले एक्कासी हवाई फायर गरी आक्रमण गर्दा तिनजनालाई गोली लागेपश्चात आन्दोलनरत पक्षले बन्दको आव्हान गरेको हो । घाईते तीन जना सगुन लिम्बु, याम लिम्बु र धर्मान पालुङवाको हाल काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भईरहेको छ भने दुई जनाको विर्तामोड स्थित बि एण्ड सिमा उपचार भईरहेको छ ।

ताप्लेजुङ जिल्ला प्रहरीले तिन जना आन्दोलनकारीहरु प्रदिप मादेन, चन्द्रसागर लिम्बु र लक्ष्मण लिम्बुलाई पक्रेर हालसम्म पनि हिरासतमा राखेको संघर्ष समितिका संयोजक श्री लिङखिमले बताए । आज चौथ दिन ताप्लेजुङ जिल्ला सुनसान रहेको छ भने यातायात लगायतका साधनहरु अझै पनि खुल्न सकेको छैन ।

झापाको बुधबारे मेचीमार्ग सडक र कोशीमार्गको कोडिडर त्यसैगरी तेह्रथुम जिल्लाबाट ताप्लेजुङ प्रवेश गर्ने सडकहरुमा यातायात ठप्प पारिएको पहिचानवादी मोर्चाका नेता जेन्टल लावतीले बताए । यसैगरी पाँचथर जिल्लाको विभिन्न सडकहरुबाट ताप्लेजुङ जोडिने मार्गमा समेत बन्द गरिएको पहिचानवादी नेता सागर केरुङ्ले बताए ।

यसैगरी आन्दोलनरत पक्षले केवलकार निर्माण कम्पनीका मालिक चन्द्र ढकाल अध्यक्ष रहेको आईएमई ग्रुप अफ कम्पनी मातहतको ग्लोबल आईएमई बैंक भोलि माघ २० गते बन्द गर्न बन्दकर्ताहरुले प्रदेश नं. १ को सबै शाखाहरुलाई ज्ञापन पत्र बुझाउँदै अनुरोध गरेको मिडिया प्रमुख अर्जुन जम्नेली राईले बताए ।

यसैगरी लामो समयसम्म सवारी साधन नचल्दा यात्रुहरु बिचल्लीमा परेका छन् । बन्दका कारण व्यवसाय धरापमा पर्न सक्ने भन्दै व्यवसायीहरुले सम्बन्धित पक्षलाई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् । यता, आन्दोलनरत पक्षले चाँडै समाधान ननिस्किए आम हड्ताल गर्ने चेतावनी दिएको छ ।

माघ २० र २१ गते अरुणपूर्व नौ जिल्ला लिम्बुवान बन्द

बन्द आव्हान कर्ताहरुले आजसम्म आफ्ना मागहरु पुरा नभए भोलि माघ २० र २१ गते दुई दिन अरुण पूर्वको नौ जिल्ला लिम्बुवान बन्द गर्ने घोषणा गरेका छन् । संघर्ष समितिले झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पान्थर र इलाम नौ जिल्ला बन्दको आव्हान गरेका हुन् ।

संघर्ष समितिका एक घटक किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष तथा प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिका संयोजक प्रेम येक्तेनले हाम्रा मागहरु संघीय सरकारले सम्बोधन नगरे माघ २० र २१ गते लिम्बुवान बन्द गर्ने र त्यसपछि पनि सरकारले वेवास्ता गरे २२ गते देखि अनिश्चितकालीन आम हड्ताल प्रदेश नं. १ भरि नै गर्ने बताए ।

यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले मुक्कुलुङ आन्दोलन आजको मात्र नभएर बर्षौ देखि त्यस नामलाई कथित पाथिभरा नामाकरण गरिएकोमा त्यसको एतिहासिक मुन्धुमी नाम मुक्कुलुङ नामकरणसँगै अहिले माफिया चन्द्र ढकाललाई उभ्याएर केवलकार निर्माण गर्ने जुन दुस्साह गरेका छन् त्यसको विरुद्ध यो आन्दोलन अघि बढेको बताएका छन् । जबसम्म केवलकार खारेजी भएको निर्णय सरकारले गर्दैन तबसम्म यो आन्जोलन थप पेचिलो बनाउँदै लाने र प्रदेश नं. १ अनिश्चितकालीन बन्दसम्म लाने उनले भने ।

प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै यतिवेला विगत दुई बर्ष देखि प्रदेश नं. १ मा अशान्ति रहेको छ । सरकारले छिटोभन्दा छिटो बार्तामो माध्यमबाट समस्या समाधान नगरे थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने अध्यक्ष मिराकले बताएका छन् ।

मधेश केन्द्रित आठ दलको समर्थन

मधेश केन्द्रित आठ दलले शुक्रबार टिचिङ अस्पतालमा घाइतेहरुलाई भेट गर्दै आन्दोलन संघर्ष समितिको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

साथै शुक्रबारबाट शुरुभएको संघीय संसद अधिवेशनमा पनि जसपा अध्यक्ष अशोक राई लगायत नेताहरुले मुक्कुमलुङ आन्दोलनलाई सम्बोधन गर्दै वार्ताको माध्यमबाट निकास दिन सरकारसँग माग राखेका छन् ।

आन्दोलनका क्रममा घाइते भएका घाइतेहरुको निशुल्क औषधी उपचार, केवलकार निर्माण खारेज र प्रहरी हिरासतमा रहेकाहरुको तुरुन्त रिहाईको माग राख्दै संघर्ष समितिले बन्दको आव्हान गरेको थियो ।

यसैगरी नेपाली कांग्रेस सम्बझ लोकतान्त्रिक आदिवासी जनजाति संघका प्रदेश नंं. १ का १४ वटा जिल्लाका सभापतिहरूले समेत एक विज्ञप्ति जारी गर्दै मुक्कुमलुङमा भएको घटनाको सत्यतथ्य छानविन गरी दोसीमाथि कारवाही र केवलकार निर्माण पक्ष र मुक्कुमलुङ संरक्षण समितिलाइ वार्तामा लाइ समस्या समाधान गर्न अनुरोध गरेको छ ।

 

सम्बन्धित खवर