- आन्छुमे नसान
माङसेबुङ । कलाकार, निर्माता तथा निर्देशक देउकृष्ण लिंखा (राई) को निर्देशन रहेको पहिलो याक्खा हाक्पारे भिडियो ‘ओम्माङ्बा’ सार्वजनिक गरिएको छ ।
याक्सिगुम मिडिया प्रा.लि.को ब्यानरमा निर्मित याक्खा हाक्पारे भिडियो ‘ओम्माङ्बा’ सोमबार सुनसरीको धरानमा एक कार्यक्रम आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो ।
गोकुल सोम्याहाङ्गको निर्माण रहेको भिडियोमा अजय जिमी, गोकुल सोम्याहाङ्ग, हिरा सोम्याहाङ्ग, बिमला जिमी, सरिता जिमी, सरिता जिमी, राजकुमारी कोङ्रेन, सञ्जिता जिमी, रमेश लिम्बुखिम, गजेन्द्र पुपाङ्गु, मिजन सोम्याहाङ्ग, सविता जिमी लगायतको अभिनय रहेको छ ।
लोकप्रिय गायिका मनु नेम्वाङ र गायक शिव सम्बाहाम्फेको स्वर रहेको हाक्पारेमा सह–निर्माताहरु खगेन सिं सोम्याहाङ्ग, वालगोपाल सोम्याहाङ्ग, सुजता जिमी र देवी याक्खा रहेका छन् ।
गोकुल सोम्याहाङ्गको शव्द संकलन तथा अजय जिमी याक्खाको लय संकलन रहेको हक्पारेको भिडियो छायाँकन याक्खा जातिको मुख्य बसोवास रहेको क्षेत्र संखुवासभाको आँखीभुईंमा गरिएको हो ।
भिडियो याक्सिगुम मिडियाको अफिसियल युट्युब च्यानल डोकेनीबाट सार्वजनिक गरिएको हो ।
याक्खा जातिमा प्रचलित हाक्पारे एक मौलिक गायनशैली हो । यसमा खासगरी मुन्थुमका साथै संस्कार–परम्परा, जीवन–जगत र मानव जीवनका विविध पक्षबारे व्याख्या हुन्छ । हाक्पारेको माध्यमबाट आपसमा दुखसुखसमेत साटासाट गर्ने गरिन्छ । गीत र भिडियो निर्माणले प्रचलन कम हुँदै गएको हाक्पारेलाई जगेर्ना तथा दस्तावेजीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने याक्खा समुदायका अग्रजहरुले बताएका छन् ।
भिडियो हेर्नुहोस…