कला समाजको ऐना हो । कलाको माध्यमबाट समाज रुपान्तरण गर्न सकिन्छ । तिनै कलालाई कर्म ठानेर गित संगीतको माध्यमबाट मनोरञ्जनसँगै समाज र राष्ट्रको रुपानतरणमा पाइला चालेका सम्भावनाले भरिपूर्ण उदाउँदा प्रतिभा हुन् गायक नोगेन हाङसरुम्बा लिम्बू । पछिल्लो समय लाखौं स्रोता दर्शकहरुको ढुकढुकी बन्दै गईरहेका गायक नोगेनको चर्चा चुलिंदो छ ।
‘मेरो साँगीतिक जिवनको पहिलो प्रेरणा नै आमा हुन्’ गायक नोगेन भन्छन्, –‘आज जे छु आमाकै कराणले छु, जसमा बाबाको पनि अहम भूमिका रहेको छ ।’ सानै उमेर देखि नै संगीत जगतमै रुचि भएर नै गायन क्षेत्रमा लागेको बताउने नोगेनले जन्म दिने आमा सरिता नेम्बाङ र बाबा देउमान हाङसरुम्बा पछिको कर्ममा सिप भरिदिने गडफादर न्यू बरदान संगीतालयका संगीत गुरु बुद्ध लिम्बू रहेको बताउँछन् । उनी थप्छन्, ‘सिप र कलालाई मेरो जिवनको बिशेषण बनाइ दिनु हुने बुद्ध सर प्रति अझै भरोसा छ ।’
घरमा हरेक क्षेत्रमा स्थापित भएका ब्यक्तित्वहरुको जमघट हुने गरेको बताउने नोगेन वहाँहरुको कुरा गराइले मलाई गाउने चाहाना बढ्न थालेकोले आमाले नै फिदिमकै न्यू वरदान संगीतालयमा लगेर औपचारिक रुपमा संगीत सिक्न लगाउनु भएको बताउँछन् ।
‘भगाइ लाने सल्लाह सल्ला मात्रै भो, तिम्रो मेरो माया हल्ला मत्रै भो’(जिउ पैचो) र ‘एक्लो बनायौ’ (छोडी गयौ) गितबाट ख्याती कमाएका गायक नोगेन द भ्वाईस अफ नेपाल सिजन ५ का फाइनलिष्ट समेत हुन् । द भ्वाइस अफ नेपाल, नेपाल र नेपाल बाहिरका हजारौंको संख्यामा रहेका प्रतिभाहरुको लागि शिखर मञ्च भएको बताउने नोगेन द भ्वाइस अफ नेपालको मञ्चमा उक्लने चाहाना थिएको र त्यो इच्छा पुरा भएको सुनाउँछन् । तर, यहाँ पुग्दा अधा यात्रा मात्र पुगिदौं रैछ भन्ने महशुस गरेका नोगेनले स्रस्टा, सर्जक र आम दर्सक स्रोताको माया पाउने कुरामा बिस्वस्त रहेको बताउँछन् ।
पान्थरको फिदिम नगरपालिका १०, मा दूई दशक अगाडी पुस २५ मा जन्मेका नोगेन हाल भने काठमाडौंलाई कर्मथलो बनएर संगीत र जीवन दुवैमा संघर्ष गरिरहेका छन् । गित संगीतमा ब्यस्तताका वावजुत अध्यायनलाई निरन्तरता दिइरहेका नोगेन समाजमा गायन बिधा इश्वरको आसिर्बादले भाग्यमा लेखिएर आउँछ भन्ने गलत बुझाइ रहेको बताउँछन् । तर, उनी संगीतमा बिषयको गहिरो अध्यायन, तपस्या, साधना, आत्मविस्वास, निरन्तरता, बिधि र नियमपुर्वक अभ्यास तथा असल मानविय गुण हुन अति नै जरुरी हुनुपर्छ भन्ने कुरामा विश्वास राख्छन् ।
‘संगीतमा चुनौती र अवसर दुबै छ’ नोगेन भन्छन्, ‘संगीतमा कमाउन र रमाउन अत्याधिक सम्भवना छ । अभावको बिच आसा, त्यो भन्दा ज्यादै पिडा र पर्खिनु पर्दा अनि दुनियाँको खिसि जस्ता हरेक कुराले नकरात्मक असर गर्न पनि स्क्छ । तर, विचलित हुनु हुँदैन, भक्ति र ध्यानमा हैन । कर्म र ज्ञानमा बिस्वास गरौँ । जसको लागि औपचारिक संगीत क्लासले मात्र सहि मार्ग निर्देश गर्छ ।’
पुर्वेली लोक भाका र सुगम संगीत दुवैमा गाउँन सक्ने माधुर्य आवाजकी धनी हुन् । जो कोहिसँग सजिलै बोल्न र हाँसखेल गर्न र घुलमिल गर्न सक्ने प्रतिभा साँगितिक आकाशका उदाउँदो नक्षत्र सुमधुर आवाजका धनी नोगेन लिम्बूलाई सफलताको कामना सहित गीत संगीतको सृजनशिल यात्रा खास अनि सार्थक बन्न सकुन लुङमेन्दीङ नोनिङ्वा ।
प्रस्तुति : आन्छुमे नसान