‘तिमी र म’ लिएर आएर गायक तथा संगीतकार एकान्त आङदेम्बे - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘तिमी र म’ लिएर आएर गायक तथा संगीतकार एकान्त आङदेम्बे

  • आन्छुमे नसान

माङसेबुङ । गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूले प्रेमिल गित ‘तिमी र म’ लिएर आएका छन् ।

प्रणय दिवसको अवसर पारेर प्रमिल जोडीहरुका लागि गायक एकान्त आङदेम्बेले आफ्नै शव्द, संगीत तथा आवाजमा गित ‘तिमी र म’ को म्युजिक भिडियो लिएर आएका हुन् ।

विनोद याक्खाको छायांकन, सम्पादन तथा निर्देशनमा सार्वजनिक गरिएको भिडियोमा पुर्ण लिम्बू र अनुजा लामाले फिचरिङ गरेका छन् ।

देवेश राईको संगीत संयोजन रहेको गितमा मिक्सिङ तथा मास्टरिङ समेत राईकै रहेको छ ।

सञ्जु थलङको मेकअप रहेको भिडियो गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर