ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ वजारमामा शनिबार साँझ ‘नो केबलकार समूह’ र प्रहरीबिच झडप भएको छ ।
काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिबार बेलुका फुङलिङ बजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गर्ने क्रममा वीरेन्द्रचोकमा प्रहरीको हस्तक्षेपपछि झडप भएको हो ।
झडपका क्रममा प्रदर्शनकारी र प्रहरी दुवैतर्फ केही घाइते भएका छन् ।
प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्ने क्रममा नेताहरुले केबलकार कुनै हालतमा बन्न नदिने दोहो¥याएका छन् ।