एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’को ट्रेलर सार्वजनिक - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’को ट्रेलर सार्वजनिक

माङसेबुङ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाद्वारा अभिनित चलचित्र ‘अञ्जिला’को ट्रेलर सार्वजनिक गरिएको छ ।

मिलन चाम्सको निर्देशिनमा एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’को ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा एन्जिलाले पारिवारिक विपन्नता र समस्याबीच घाँसदाउरा गर्दै दुर्गम जन्मथलोबाट व्यवसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानीमा गरेको संघर्ष र महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान बन्दा सम्मको संघर्षपूर्ण यात्रालाई प्रस्तुत गरिएको छ ।

एन्जिलाको अलावा दयाहाङ राई, सिर्जना सुब्बा, सुनिल थापा रातेकाइँला, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल र वेदना राई लगायतको अभिनय रहेको चलचित्र ‘अन्जिला’ फागुन २९ मा प्रदर्शनको तयारीमा रहेको छ ।

ट्रेलर हेर्नुहोस…

 

सम्बन्धित खवर