माङसेबुङ । प्रदेश नं. १ को नाम कोशी नामाङकनको दिन फाल्गुन १७ गते पहिचान पक्षधरले कालो दिन घोषणा गरेका छन् ।
प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले फाल्गुन १७ गते कालो दिन घोषणा गर्दै प्रदेशको विभिन्न स्थानमा विरोध सभा गर्ने जनाएको छ ।
प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिका संयोजक तथा किरात याक्थुङ चुम्लुङ् संघीय अध्यक्ष प्रदेश एक्तेनका अनुसार पहाडि जिल्लाहरुमा सदरमुकाम केन्द्रित कार्यक्रम साथै तराईका जिल्लाहरुमा विभिन्न स्थानहरु केन्द्रित कार्यक्रमको आयोजना गरिने वताएका छन् ।
पहिचानको आधारमा प्रदेशको नाम पहिचानको आधारमा नराखिए थप आन्दोलनको घोषणा गरिने चेतावनी दिएका छन् ।