सञ्चारकर्मी सुमनको शव्द लेखनाथको आवाजमा ‘किराती हुनुको गर्व किरात धर्म’ सार्वजनिक - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सञ्चारकर्मी सुमनको शव्द लेखनाथको आवाजमा ‘किराती हुनुको गर्व किरात धर्म’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । सञ्चारकर्मी सुमन लाओती ‘नोमिङसो’ शव्द तथा गायक तथा संगीतकार यादन सेर्मा नुनामको संगीतमा सजिएको किरात धर्मको सन्देश बोकेको भाक्तिभाव गित ‘किराती हुनुको गर्व किरात धर्म’ सार्वजनिक गरिएको छ ।

गायक लेखनाथ चेम्जोङको मनछुने आवाजमा थोकफेला लिङदेन र हिमेश खेसाङको अभिनय रहेको गित ‘किराती हुनुको गर्व किरात धर्म’को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

रोजा थेगिमको परिकल्पनामा इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा छायांकन गरिएको भिडियोमा कृष्ण थलङको छायांकन तथा सम्पादन र मनिता लिम्बूको मेकअप रहेको छ ।

चन्दु गोर्खालीको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।

माङसेबुङ आयोजित किरात धार्मिक महासमारोहको अवसर पारेर छायांकन गरिएको भिडियो हिमेश खेसाङ अफिसियल युट्यूव च्यनलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर