मुक्कुमलुङ रक्षार्थ र राज्यको मानवता बिरोधि ‘फुङलीङ काण्ड विरुद्ध काठमाडौंमा बृहत् प्रदर्शन  - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुक्कुमलुङ रक्षार्थ र राज्यको मानवता बिरोधि ‘फुङलीङ काण्ड विरुद्ध काठमाडौंमा बृहत् प्रदर्शन 

काठमाडौं । नो केवकार पक्षधरले मुक्कुमलुङ रक्षार्थ र राज्यको मानवता बिरोधि ‘फुङलीङ काण्ड विरुद्ध काठमाडौंमा बृहत् प्रदर्शन गरेका छन् ।

आज बुधबार ‘नो केबलकार’ समूहले काठमाडौंको माइतीघर मण्डलामा ‘केबुलकारे विकास चाहिँदैन’ ‘हत्याले विकासलाई नष्ट गर्नेछ’ र ‘पहिचान हराउनेछ’ लेखिएका प्लेकार्डसहित केबलकारविरोधी नारा सहित प्रदर्शन गरेको हो ।

मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा दिउँसो २ बजे सुरु भएको प्रदर्शनमा सहभागीहरूले राज्यको विकास नीतिका कारण आदिवासी समुदाय विस्थापित हुने खतराप्रति पनि आक्रोश व्यक्त गरे ।

लिम्बु याक्थुङहरुको पवित्र मुन्धुमी सांस्कृतिकस्थल मुक्कुलुङ्मा केवलकार निर्माण शुरुभएसँगै नो केवलकार पक्षले निरन्तर आन्दोलन गरिरहेका छन् ।

नो केवलकार पक्षधरले मुक्कुम्लुङ क्षेत्रको सांस्कृतिक र प्राकृतिक अस्तित्वको लागि संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै घाइतेहरूको तत्काल उपचार, अन्यायको अन्त्य र पूर्ण सुरक्षाको माग गरिरहेका छन् ।

फाल्गुन ६ देखि ८ गतेसम्मको मुक्कुमलुङ पदयात्रा सम्पन्न पश्चात केवलकार निर्माणको वटमस्टेष्टमा धर्नादिने क्रममा प्रहरी र आन्दोलनरत पक्षबिच भएको झडपबाट दर्जनौं घाइते भएको । अमानवीय व्यवहावहार गरि क्रुर तानाशाही शैलीबाट आन्दोलनरत पक्षलाई दवाउने प्रयास सँगै पक्राउ गरिएको, फाल्गुन १० गते फुङलिङमा विरोध¥याली र शान्तिपूर्ण राँकेजुलुस पछि आन्दोलनरत पक्षलाई घरघर पुगेर प्रहरी र केवलकार निर्माण पक्षकाहरुले दमन गरेको प्रति विरोध जनाउँदै काठमाडौंमा संघर्ष समितिले विरोध सभाको आयोजना गरेको हो ।

सम्बन्धित खवर