माओवादी केन्द्र माङसेबुङको दोस्रो गाउँ अधिवेन सम्पन्न, अध्यक्षमा बुढाथोकी - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माओवादी केन्द्र माङसेबुङको दोस्रो गाउँ अधिवेन सम्पन्न, अध्यक्षमा बुढाथोकी


माङसेबुङ । नेकपा (माओवादी केन्द्र) माङसेबुङ गाउँ समिति अध्यक्षमा प्रकाश बुढाथोकी निर्वाचित भएका छन् ।

शनिबार माङसेबुङ गाउँपालिका–३ चतुरेमा सम्पन्न दोस्रो गाउँ अधिवेनबाट बुढाथोकी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्षत्रयमा नरबहादुर आङदेम्बे, समिक्षा खड्का र रोशन राई निर्वाचित भएका छन् । सचिवमा हरी राई, सहसचिव जसुमाया तामाङ र कोषाध्यक्षमा राजकुमार राई निर्वाचित भएका छन् ।

सदस्यहरुमा बेदबहादुर खत्री सन्तोष लावती, कविता राई, अनिस सुनुवार. रविन राई, सन्तबहादुर राई, रुद्र लिम्बू, हरी कार्की, डम्बर शंकर, प्रेम सुब्बा निर्वाचित भएका छन् । त्यस्तै, सुनिता राई, सिर्जना मङग्रान्ती, विना थेवे, राजकुमार राई (धर्ती), रीता राई, मी लिम्बू रेखबहादुर मगर, सन्तबहादुर राई र खिना बराइली निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन माओवादी नेता पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले गरेका थिए ।

अधिवेशन उद्घाटनका अवसरमा दर्जनौं युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । युवा व्यवसायीहरु रोशन राई, अनिस सुनुवार, कविता राईसहित ज्योती राई, दिपेश राई, रमेश राई, विक्रम राई, रामबहादुर राई, यामबहादुर राई, लक्षुमन राई, याममाया राई, मनमाया राई, काजीकुमार राई, खड्गबहादुर शेर्मा, महेश्वर लिम्बू, सुनिल लिम्बू, सविन योङहाङ, सिता लिम्बू, जिना राई, सुवास राई, विकास राई, सुवास योङहाङ, मनिला योङहाङलगायत ३८ जना माओवादी प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई नेता किरातीसहित माओवादी केन्द्र केन्द्रीय सदस्य एवम् इलाम इन्चार्ज धिरेन्द्र शर्मा (रमण), परदेश सचिवालय सदस्य एवम् इलाम सहइन्चार्ज हर्क लावती (कान्छा), इलाम जिल्ला संयोजक विजय खम्बू, मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर माखिम, माङसेबुङ इन्चार्ज लक्षमुन राई (जनम), निवर्तमान माङसेबुङ अध्यक्ष पृथीमान जबेगूलगायतले स्वागत गरेका थिए ।

भ्रष्टाचार, वेथिति, विसङ्गति र अजकताको विरुद्ध सुशासनको अभियान सञ्चालन गरिरहेको नेकपा माओवादी केन्द्रप्रति जनलहर बढ्न थालेको छ ।

सम्बन्धित खवर