- आन्छुमे नसान
माङसेबुङ । गायिका दुर्गा तुम्सा र गायक विवस नेम्बाङको आवाजमा पालाम ‘मिम्जिरे चोलुङ’ सार्वजनिक गरिएको छ ।
गितकार शान्ता केरुङको शव्द संकलन तथा दुर्गा तुम्साकै लय संकलन रहेको पालाम ‘मिम्जिरे चोलुङ’ मा निरन्ता नेम्बाङ र सुमन लिम्बूको समेत आवाज रहेको छ ।
विवस नेम्बाङको निर्देशन रहेको पालाममा पुर्ण लिम्बू, मीरा फियाक, तानाम तान्छो लावती, निरन्ता नेम्बाङ अनिल लिम्बू साँवा र मीना महरेसाङको अभिनय रहेको छ ।
दुर्गा तुम्सा अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको पालाममा बिनोद याक्खाको छायांकन तथा सम्पादन रहेको छ ।
राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङ रहेको पालाम सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड गरेका हुन् ।
लिम्बू संस्कृतिमा आधारित पालाम इलामको चुलाचुलीमा छायांकन गरिएको हो ।
पालाम हेर्नुहोस…