रवि सेर्मा निर्देशित वहुप्रतिक्षित लिम्बू चलचित्र ‘सेमिफूङ’ को टिजर सार्वजनिक - Mangsebung News
  • बिहिबार, बैशाख ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रवि सेर्मा निर्देशित वहुप्रतिक्षित लिम्बू चलचित्र ‘सेमिफूङ’ को टिजर सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । रनवीर लिम्बू सेर्मा(रवि सेर्मा)को निर्देशन रहेको वहुप्रतिक्षित लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘सेमिफूङ’को टिजर सार्वजनिक गरिएको छ ।

शुक्रबार याक्थुङ फिल्म्सको अफिसियल युट्यूव च्यानलबाट लिम्बू कथानक चलचित्र ‘सेमिफूङ’को टिजर सार्वजनिक गरिएको हो ।

दूई मिनेट बाह्र सेकेन्ड लामो टिजरमा लिम्बू संस्कृतिमा प्रख्यात रहेको ख्याली प्रस्तुत गरिएको छ ।

प्रेमिल जोडीको यालाङ(धान नच) देखि लिएर प्रेम र रोमान्स प्रस्तुत गरिएको ख्यालीमा प्रेमिकाले सृष्टिलाई सुहाउने गरि मायाको विजारोपन गरि हुर्काउँदै बढाउँदै अन्त्यमा प्रेम प्रस्ताव गरेको सृष्टि, जीवन, जगत र माया प्रेमको सुरुवातबारे वयाण गरिएको छ ।

बहुप्रतिक्षित चलचित्र सेमिफुङमा बबिन आङ्देम्बे, चन्दा थेगिम आङदेम्बे, सतिका सुब्बा, चन्द्रप्रसाद बेघा, बिनोद पोमु, संगीता लावती, उदय कुरुम्बाङ, बिजय संयक लगायतले अभिनय गरेका छन् ।

राज थापा काउचाको कथा÷पटकथा÷संवाद रहेको चलचित्रको निर्माताहरुमा सागर केरुङ र शेरबहादुर पतङ्वा रहेका छन् ।

आगामी जेठ १ गतेदेखि प्रदर्शनमा ल्याउने तयारीमा रहेको चलचित्रमा बिक्रम डिसिको छायांकन र अशोक कुमार राइको ब्याकराउन्ड म्युजिक रहेको छ ।

साङ्सेन पन्धाक र आइत खजुमको शब्द र डिल्ली फोम्बोको संगीत रहेको चलचित्रमा निरन्ता नेम्बाङ, इन्दीरा नेम्बाङ, देवेन चेम्जोङ, उदय बेघाको स्वर रहेको छ ।

इलाम, झापा लगायत विभिन्न ऐतिहासिक ठाउँहरुमा छायांकन गरिएको चलचित्रको सम्पादन अनिल महर्जनले गरेका छन् ।

टिजर हेर्नुहोस…

सम्बन्धित खवर