- पदम सुखी सम्बाहाम्फे
कुम्मायक । पाँचथर जिल्लाको दक्षिणी भेगको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा रहेकोे पृथ्वी माध्यमिक बिधालयले ६० औ ऐतिसिक हिरक महोत्सव (Diamond Jubilee) मनाउने तयारीमा रहेकोे हिरक महोत्सव मुल समारोह समितिले जनाएको छ ।
२०२२ साल बैशाख ११ गते बिधालयको स्थापना दिवसको अवसर पारेर उक्त महोत्सव २०८२ बैशाख ९, १०, ११ र १२ गते मनाउन लागेको बिधालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर १ का वडाअध्यक्ष देवेन्द्रकुमार लावतिले बताए ।
गत शुक्रबार आयोजना गरिएको सो समारोहमा बिधालयको स्मारिका प्रकाशन तथा स्थापित अक्षयकोष बढाउने निर्णय समेत पारित भएको थियो । सोहि कार्यक्रममा विभिन्न महानुभावहरुले आआफ्नो परिवारको नाममा अक्षयकोष खडा गर्ने घोषणा गरेका थिए ।
गत बर्ष पृथ्वी माध्यमिक बिधालयमा कुम्मायक गा,पा, ४ का धिरेन्द्र लिम्बु हाल अमेरिका, बिक्रम आङ्देम्बे र आशा सुब्बा हाल काठमाडौद्वारा स्वः जानुका सुब्बा सम्बाहाम्फेको स्मृति अक्षयकोषमा ६ लाख रुपैयाँ र कुम्मायक १ यसै बिधालयका भु.पु. प्र.अ. चन्द्रप्रसाद निरौलाद्वारा १ लाख रुपैयाँ, यसैगरी गणेशबहादुर थापा कुम्मायक ४ हाल भर्जिनिया अमेरिकाबाट ७२ हजार रुपैयाँ नगद जम्मा गरि अक्षयकोष स्थापना गरिएको थियो ।
सोहि अवसरमा पुर्व सामान्य प्रशासन राज्य मन्त्री डम्बरसिं सम्बाहाम्फे, ओमराज सम्बाहाम्फे, छोरीहरु आसाङमाया सम्बाहाम्फे सुब्बा, साबित्रा सम्बाहाम्फे प्रधान लगायत भारति, जयन्ती र नातिनातिनाहरुबाट पनि स्वः क्याप्टेन धनसिं सम्बाहाम्फे र स्वः देवीमाया तुम्बापो सम्बाहाम्फे स्मृति अक्षयकोषको लागि ६ लाख ३० हजार रुपैयाँको चेक हस्तान्तरण भएको थियो ।
यसैगरी कुम्मायक गाउँपालिकाको कार्यलयले १० लाख वडा नं. १ वडा कार्यलयबाट पृथ्वी मा.बि. हिरक महोत्सव र स्मारिका प्रकाशन तथा व्यवस्थापनका लागि ३ लाख रुपैयाँ बिनियोजन हुने घोषणा गरिएको थियो । यसरी नै श्रवण खनाल कुम्मायक ४, हाल भर्जिनिया अमेरिकाबाट १ लाख ६ हजार २५ रुपैयाँ, हरिकुमार लावति कम्मायक गा.पा. साप्फाबुङ १, हाल धरानद्वारा तिनघरे जेठा स्वः हर्कबहादुर लावति स्वः हर्करानि शेर्मा लावति स्मृति अक्षयकोषमा २ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन ।
यसैगरी राजकुमार श्रेष्ठद्वारा पनि स्वः दुर्गादेवी प्रधान स्मृति अक्षयकोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ, यादव खनाल कुम्मायक ४, हाल काठमाडौ, पृथ्वी मा.बि.का पुर्व प्र. स्वः गङ्गा खनाल स्मृति अक्षयकोषमा १ लाख रुपैयाँ, गजेन्द्रबहादुर लावति कम्मायक गा.पा. १, सुब्जानि हाल युके, इन्द्रबहादुर लावति हाल काठमाडौ र शेशकुमार लावति हाल युकेद्वारा पनि स्वः मनबहादुर लावति, फिपरानि तुम्बापो लावति स्मृति अक्षयकोषमा १ लाख रुपैयाँँ जम्मा गर्ने घोषणा गरेका छन ।
यसरी नै सुरेन्द्रबहादुर खड्का हाल यासोक बजारद्वारा स्वः शेरबहादुर खड्का स्मृति अक्षयकोषमा १ लाख, पदम फेवादेन कुम्मायक कम्मायक गा.पा. १, हाल काठमाडौद्वारा स्वः लैनबहादुर फेवादेन स्मृति अक्षयकोषमा ५१ हजार रुपैयाँ, वडा अध्यक्ष देवेन्द्रकुमार लावति कुम्मायक १, श्रीमति गजरानि चोङ्बाङ र बिमला लावति हाल काठमाण्डौ सहित सपरिवारद्वारा १ लाख ९ हजार ९ सय ९९ रुपैयाँँ, प्र.अ. ऋषिराम गजुरेल कुम्मायक ३ हाल दमक न.पा.द्वारा स्वः पुण्यप्रसाद गजुरेल र स्वः शिवमाया गजुरेल स्मृतिमा १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, पुर्व यासोक क्याम्पस प्रमुख कर्णबहादुर लावति कम्मायक गा.पा. १, र हरिश्चन्द्र लावति हाल हङकङद्वारा स्वः सपना फेवादेन लावति स्मृति अक्षयकोषले कक्षा १२ लिम्बुभाषाको पढाईमा उत्कृष्ट हुने विद्यार्थीलाइ सम्मान गर्नेगरि १ लाख ११ हजार १ सय ११ रुपैयाँ, पृथ्वी मा.बि. सहायक प्र.अ. फुलकुमारि नेम्बाङ र बलबिर जबेगु फिदिम न.पा.द्वारा स्वः उज्यालसिं कुरुम्बाङ र स्वः गन्जरानि लावति कुरुम्बाङ साथै मामलि बाजेबजु स्मृति अक्षयकोष र दुर्गामाया जबेगु खेवाङ १ लाख रुपैयाँ, खेमराज निरौला कुम्मायक १ द्वारा स्वः कुवेरप्रसाद निरौला स्मृति अक्षयकोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ, यासोक क्याम्पस प्रमुख तिलकबहादुर खवास कम्मायक गा.पा. ४, हाल उर्लाबारी न.पा. ५, मोरङ स्वः जानुकादेवि भुजेल खवास र काजीमान भुजेल स्मृतिमा ६१ हजार १ सय ११ रुपैयाँ, नमूना लावति शिक्षिका पृथ्वी मा.बि. हाल फाकफोक थुमद्वारा स्वः गङ्गामाया सम्बाहाम्फे लावति स्मृति अक्षयकोषमा ५० हजार रुपैयाँ जम्मा गर्ने घोषणा गरिएको छ ।
उक्त अक्षयकोषको सावाँ रकमबाट प्राप्त हुने ब्याजले शैक्षिक गुणस्तर बढाउने र उत्कृष्ट अंक प्राप्त गरि उच्च शिक्षा हासिल गर्दै बिधालयलाई योगदान पुर्याउने विद्यार्थीलाई सम्मान गर्ने तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति साथै गरिब विद्यार्थीहरुलाई निशुल्क शिक्षा अध्यन अध्यापन गराउने यस अक्षयकोषको मुख्य उद्देश्य रहेको प्र.अ. ऋषिराम गजुरेलले बताए ।
कार्यक्रममा सम्पुर्ण जनप्रतिनिधिहरु पार्टी तथा विभिन्न संघ सस्थाका प्रतिनिधिहरु शिक्षक सन्चारकर्मी र प्रशासन अभिभावकहरुको उपस्थिति रहेकोे थियो भने बिद्यालय व्यवस्थापन समिति तथा वडा अध्यक्ष देवेन्द्रकुमार लावतिको अध्यक्षतामा सो कार्यक्रम पृथ्वी मा.बि.को सभाहलमा सम्पन्न भएको थियो ।