भोली बन्द हुने भनिएको ऐसियन हाईवे बन्द कार्यक्रम स्थगन - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भोली बन्द हुने भनिएको ऐसियन हाईवे बन्द कार्यक्रम स्थगन


दमक । मुक्कुलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय राजनीतिक दलहरुले घोषणा गरेको ऐसियन हाईवे बन्द कार्यक्रम स्थगन भएको जनाएको छ । उनीहरुले एक विज्ञप्ति जारी गर्दै चैत्र ५ गते स्ववियूको चुनाव हुने भएको हुँदा चैत्र ४ गते हुने भनिएको उक्त कार्यक्रम स्थगन गरेको जनाएको हो ।

ताप्लेजुङस्थित मुक्कुमलुङ संरक्षण र मुक्कमुलुङमा केवलकार निर्माण खारेजको लागि निरन्तर गरिरहेको आन्दोलनका लागि यहि चैत्र ४ गते ऐसियन हाईवेमा यातायात बन्दको घोषणा गरेको थियो ।

स्ववियूको चुनावलाई मध्यनजर गर्दै तत्काललाई प्रदेश नं. १ अन्तर्गतको सडकखण्डमा यातायात बन्द घोषणा गरेको संघर्ष समिति हाईकमाण्डले तत्काल अर्को सूचना प्रकाशन नभएसम्मको लागि उक्त कार्यक्रम स्थगन गरिएको जनाएको छ । यद्यपी अन्य घोषित कार्यक्रम भने यथावत रहेको जनाएको छ ।

चुम्भो अन्र्गत विभिन्न १२ वटा संघ संस्थाहरु रहेको छन् भने राजनीतिक दल अन्र्गत ११ भन्दा धेरै संगठन संघर्ष समितिहरुमा आबद्ध रहेको छ ।

सम्बन्धित खवर