- आन्छुमे नसान
माङसेबुङ । गायिका सुनिता थेगिम लिम्बू र गायक बुद्धी लिम्बूले पुर्वेली लोकभाकामा सजिएको गित ‘वोली त मिठो पुर्वेलीको’ लिएर आएका छन् ।
इथ्नो ट्युन्स युट्यूव च्यानलबाट सार्वजनिक गरिएको पुर्वेली गित ‘वोली त मिठो पुर्वेलीको’को शव्द संकलन पदम साधना कुलुङको रहेको छ भने लय संकलन अशोक मुकारुङले गरेका छन् ।
राजु कार्कीको संगीत संयोजन रहेको गितमा योगेन मुकारुङको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
इशाक जबेगुको छायांकन, तुलसा लिम्बूको मेकअप रहेको लिप्सिङ भिडियोमा दिन्सन साहले सम्पादन तथा कलर गरेका छन् ।
भिडियोमा सुनिता थेगिम र बुद्धी लिम्बूले फिचरिङ गरेका छन् ।
भिडियो हेर्नुहोस…