- आन्छुमे नसान
माङसेबुङ । चर्चाको शिखरमा रहेकी गायिका सुनिता थेगिमले रोमान्टिक गित ‘काफी’ युट्यूवमार्फत लिएर आएकी छन् ।
गित सुन्दर मगरको शव्द तथा संगीतमा गायिका थेगिमकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
नेपालकै सबैभन्दा ठूलो डान्सिङ रियालीटी शो ‘मेरो डान्स युनिभर्स सिजन १’ का विनर खुशी कार्कीले फिचरिङ गरेको भिडियोलाई मविन्द्र राईले निर्देशन गरेका छन् ।
सास्वत श्रेष्ठ म्युजिक प्रोडुसर रहेको गित ओम्नीफोनिक्स स्टुडियोमा रेकर्ड गरिएको हो । मिक्सिङ मास्टरिङ योगेन मुकारुङले गरेका हुन् ।
बिशाल थापा र टिमको छायंकन, रविना लिम्बूको मेकअप रहेको भिडियोमा खुशी कार्कीको कोरियोग्राफी र डिन्सन साहको सम्पादन तथा कलर रहेको छ ।
भिडियोमा जीन्दगी सुख र दुखको संगम हो, त्यसैले वाँचिनजेल सम्म हाँसखेल रमाईलो गर्नुपर्छ भन्ने सन्देश छर्न खोजिएको छ । खुशी कार्कीको अभिनय तारिफ योग्य छ ।
भिडियो हेर्नुहोस…