तीनकुनेमा राजावादीको प्रदर्शनमा सहभागी एकजनाको मृत्यु - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तीनकुनेमा राजावादीको प्रदर्शनमा सहभागी एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनमा एकजनाको मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।

शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

२९ वर्षीय महर्जन दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनमा सहभागी थिए ।

प्रदर्शनस्थलमा तनाव भएसँगै प्रहरीले गोली चलाएको थियो ।

सम्बन्धित खवर