- आन्छुमे नसान
माङसेबुङ । गायक समुन्द्र भटराई र द भ्वाइस अफ नेपाल सिजन ६ को नकआउट राउण्ड सम्म पुग्न सफल गायिका प्रभा राईको आवजमा प्रेमिल गित ‘तिमी बिना’ सार्वजनिक गरिएको छ ।
एजे एजेयुको शव्द तथा संगीतमा सजिएको गित ‘तिमी बिना’ को म्युजिक भिडियो युट्यूवमार्फत सार्वजनिक गरिएको हो ।
प्रकाश परियारको निर्देशन र एजे एजेयुको छायांकन रहेको भिडियोमा रमेश पुन मगर र सन्ध्या क्षेत्रीले अभिनय गरेका छन् ।
गायक तथा संगीतकार उपेन्द्र लिम्बूको संगीत संयोजनमा रिमा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितलाई मिक्सिङ तथा मास्टरिङ मनोज खड्काले गरेका छन् ।
रोजिना श्रेष्ठको मेकअप रहेको भिडियोमा मीन रावलले सम्पादन तथा कलर गरेका छन् । भिडियो रमेश पुन मगर अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…