- आन्छुमे नसान
माङसेबुङ । गायक तथा संगीतकार गोविन्द लिम्बू चेम्जोङ र गायिका विमन्ता लिम्बूको आवाजमा ‘सनौली रुपौली’ (जारी २.०) सार्वजनिक गरिएको छ ।
गायक गोविन्द लिम्बू चेम्जोङकै शव्द तथा संगीतमा सजिएको गित गोविन्द लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
उत्तम योङहाङको निर्देशन रहेको भिडियोमा पूर्वी लिम्बूवानको लिम्बू समुदायमा प्रचलनमा रहेको सुनौली रुपौली प्रथालाई पश्चिमेली तमुवानमा रहेका गुरुङ समुदायहरुमाझ पुर्याउने र चिनाउने गरि सम्बन्ध गाँस्न खोजिएको प्रेमिल कथा रोेचक तवरले देखाउन खोजिएको छ ।
तुत्तु तुम्याङहरुको साथमा पालाम, केलाङ समावेश गरिएको भिडियोमा डोना थापा, अप्शु वजी, फुङसो जबेगु, दिल कुमारी कन्दङवा राई(कोकु) र बिर्ख लिम्बू(सुब्बा टाउन)को अभिनय रहेको छ ।
भिडियोमा कथा परिकल्पना र सहायक निर्देशन गोविन्द लिम्बू, छायांकन सनम तामाङ र टीम, सहायक छायांकन सुबास लोकान्द्री तथा भुपेन लिम्बू, मेकअप कमल लिम्बू र सम्पादन तथा कलर दिन्सन साहको रहेको छ ।
देबेश राईको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गित सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गितमा एकान्त आङदेम्बे, दिप्सन लिम्बू, तारा लिङदेन र अप्सुको समेत आवाज रहेको छ ।
भिडियोमा पुर्वेुली लिम्बूनी तरेमालाई पश्चिमेली गुरुङ तरेबाले मन पराएपछि आफ्नो बनाउन जति पनि सुनौली रुपौली तिर्न तयार भएको दृश्य देख्न सकिन्छ ।
भिडियो हेर्नुहोस…