- पदम सुखि सम्बाहाम्फे
पान्थर / सदरमुकाम देखि दक्षिणी भेगमा रहेको पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका स्थित वडा नम्बर ३ साविक वडा नम्बर ४ सिम्राहाको जङ्गलमा लागेको डडेलोमा परि २६ बर्षिय प्रतिमा सम्बाहाम्फे राइको मृत्यु भएको छ ।
बिहिवार दिनको २ बजे जङ्गलमा ठुलेमा र दिदि सङ्ग घास काट्ने क्रममा एक्कासि डडेलो आइपुगेपछि भाग्दै गर्दा प्रतिमा आगोको लप्कामा परि सक्त घाइते भएका थिइन् भने २८ बर्षिय सपना सम्बाहाम्फे साम्बा उन्कि छोरी ११ बर्षिय शिवाना साम्बा र ६० बर्षिय निरमाया लावति सम्बाहाम्फे ढुंगाको ओढाएरमा लुकेर ज्यान बचाएको निरमायाले बताइन् । घट्नापछि तत्काल एम्बुलेन्स द्वारा उपचारका निम्ति घाइतेहरुलाइ बि,पि, मेमोरियल अस्पताल धरानमा लैजादै गर्दा भेडेटार आसपासमामै प्रतिमाको मृत्यु भएको बुबा कमल सम्बाहाम्फेले बताए । मृतकका श्रीमान अमित राइ वैदेशिक रोजगारीको लागि बहराइन देशमा रहेकाले उनि नेपाल नआइन्जेल अस्पतालको शव गृहमा प्रतिमाको शव राखिएको पनि बताइएको छ भने घाइते द्वय सपना र निरमाया बिराटनगरको बिराटनगर सिटि अस्पतालमा उपचार हुन नसकेकोले शुक्रबार काठमाण्डौको कृतिपुरमा थप उपचारका लागि रेफर गरिएको अस्पतालका डा , सुनिलले बताए । ३० प्रतिशत भन्दा बढि शरीर जलेर गम्भीर अवस्थामा रहेका घाइते बिरामिहरुलाइ काठमाडौको दगचल जयकउष्तब िमा पठाउनुको विकल्प नरहेको पनि उनले बताए ।
यसैगरी घटना हुने बित्तिकै कुम्मायक गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष देवेन्द्र कुमार लावतिले गाउँ कार्य पालिकाको आकस्मिक बैठक बसि पीडित परिवारलाई तत्काल राहत र मृतक परिवारलाई रु, ५० हजार दिने निर्णय भएको बताए । गाउँपालिकाको वडा नम्बर १ , ३, र ५ को अधिकाम्श जङ्गलमा हालसम्म पनि आगो नियन्त्रणमा आइ नसकेको प्रहरी श्रोत र स्थानीयको भनाइ छ । लावतिका अनुसार सोहिदिन डडेलो निभाउन गएका ३१ बर्षिय खगेन्द्र बि,क, भिरबाट लडेर गम्भीर घाइते भएकोले हाल उनको दमक निम्स अस्पताल झापामा उपचार भइरहेको बताए । यसरीनै कुम्मायक १ बर्ष ७५ को भिम बहादुर थापाको २ तले घर ५५ बर्षिय डम्बर कार्किका एउटा गोरु ९ वटा खशि बाख्रा १० मुरि मक्कै १० हजार नगद पैसा र ३ तोला सुन जलेको छ । यसैगरी बर्ष ३५ का मोहन कार्कि बर्ष ६० का भिममाया यक्सो लिम्बु बर्ष ४० को रामकृष्ण कार्कि लगायत जगत कार्कि, टिकाबहादुर कार्कि , शम्भु प्रसाद गजुरेलको घरपनि डडेलोले खरानी बनाएको छ ।
वडा न, १ को बृखबहादुर, देवेन्द्र राइ, बिष्णु राइ , पहलमान कार्कि , खगेन्द्र कार्कि , टेकबहादुर कार्कि, यामकुमार चाम्लिङ , शनकसिं चाम्लिङ, शेरबहादुर चाम्लिङ , प्रेम बुढाथोकी , यसैगरी वडा न, ५ का नरबहादुर चौहानको घर समेत जलेर खरानी भएपछि बिस्थापित परिवारलाई नेपाल रेडक्रस कुम्मायक शाखा र गाउँपालिकाले राहत बितरण गरेको पनि लावतिले जानकारी दिए । वडाको ३ र ५ मा रहेको तमोर पम्पिङ खानेपानी पाइप लाइन जल्दा पिउने पानीको समस्या भएको छ ।
प्रदेश न, १ का कृषि मन्त्री खगेनसिं हाङगाम र सभासद मैया श्रेष्ठले अग्नि पीडित परिवार प्रति सहानुभूति र राहतको बारेमा ध्यानाकर्षण भएको श्रेष्ठले बताए । घाइते बिरामीहरुको स्वास्थ लाभको कामना गर्दै सर्ब शुलभ थप उपचारमा पनि सरकारको ध्यानाकर्षण भएको उनले भने । मृतक प्रतिमाको शव सोमबार सम्ममा पोष्ट मार्टम प्रक्रिया पुरा गरि चतराघाटको सप्तकोसीमा अन्त्येष्टि गरिने परिवारले बताएका छ्न ।