मङसेबुङमा महागुरु फाल्गुनन्द ७७औं स्मृति दिवस सम्पन्न, थलङ सम्मानित - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मङसेबुङमा महागुरु फाल्गुनन्द ७७औं स्मृति दिवस सम्पन्न, थलङ सम्मानित

माङसेबुङ । राष्ट्रिय विभुति मुहिङगुम अङसीमाङ लिङदेन महागुर फाल्गुनन्द ७७औं स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ ।

इलामको माङसेबुङ ५ फेनाबुङ स्थित सामुदायिक भवनमन शुक्रबार प्रतियोगितात्मक मुन्धुमी कवि गोष्ठी र सम्मान कर्यक्रमविच महागुर फाल्गुनन्द ७७औं स्मृति दिवस कार्यक्रम सम्पन्न भएको हो ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तुम माङसेवासावा मनप्रसाद थलङ तेजबहादुर मुन्धुमी साहित्य सम्मान २०८१ द्वारा सम्मानित भएका छन् ।

यसैगरी प्रतियोगितात्मक मुन्धुमी कवि गोष्ठी कार्यक्रममा माङयुङ मुक्साम प्रथम, सञ्जु इङनाम दोस्रो, सवित फियाक तेस्रो र मनकुमारी लाओती सान्तावना हुदैं पुरस्कार हात पारेका थिए ।

गुरु कानुनी सल्लाहकार एन.एस. फागोको विशेष आथित्यता रहेको कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रीय उपाध्यक्ष होम लिङदेन, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रीय सदस्य पुर्ण कार्की ढोली, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रीय सदस्य देउकुमार आङदेम्बे, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सहकोषाध्यक्ष चन्द्रा सेन्दाङ, किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष बलराम खजुम, माङसेबुङ ५ का वडा सदस्य वीरबहादुर कुरुम्बाङ, गुरु निजी आश्रम अर्थ समितिका सदस्य कमला थलङ ओख्राबो, किरात साम्जिक मुन्धुम युक्सङ निसामहिमका प्रधानध्यापक कल्पना लिङदेन र सरस्वती मा.बि. भालुटारका शिक्षक नरेन्द्र थेगिम लगायतको उपस्थिति रहेको थियो ।

कवि गोष्ठी कार्यक्रममा सहभागी सबैजनालाई प्रोत्साहन स्वरुप नगद सहभागिता रकम समेत प्रदान गरिएको थियो ।

मुहिङगुम अङसीमाङ लिङदेन महागुरु फाल्गुनन्द ७७औं स्मृति दिवस २०८१ आयोजक समितिका संयोजक इन्द्र प्रसाद आङदेम्बेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन कुमार आङबुहाङ स्वागत तथा औचित्य मन्तव्य र रविन कुरुम्बाङको सञ्चालन रहेको थियो ।

सम्बन्धित खवर