- आन्छुमे नसान
माङसेबुङ । गायक तथा संगीतकार उपेन्द्र लिम्बू र द भ्वाइस अफ नेपाल सिजन ६ को नकआउट राउण्डमा पुग्न सफल गायिका प्रभा राईको आवाजमा प्रेमिल गित ‘बसन्त’ सार्वजनिक गरिएको छ ।
मिस्टेक मुस्कान लिम्बूको शव्द तथा संगीतमा ‘बसन्त’को लिप्सिङ भिडियो गायक उपेन्द्र लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
राजु कार्कीको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गित किङ स्टुडियोमा रेकर्ड गरिएको हो । रेकर्डिङ मनोज साङसोन राईले गरेका हुन् ।
एजे एजेयुको निर्देशन तथा छायांकन रहेको लिप्सिङ भिडियोमा रोजिना श्रेष्ठको मेकअप र नविन क्षेत्रीको सम्पादन रहेको छ ।
मेरो क्रिएशनको पोष्ट प्रडक्शन रहेको भिडियोमा उपेन्द्र र प्रभाले नै फिचरिङ गरेका छन् ।
भिडियो हेर्नुहोस…