नेपाली कथानक चलचित्र ‘मुन्धुम’को छायांकन धमाधम हुदैं - Mangsebung News
  • बिहिबार, जेठ ०९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाली कथानक चलचित्र ‘मुन्धुम’को छायांकन धमाधम हुदैं

संखुवासभा । नेपाली कथानक चलचित्र ‘मुन्धुम’को छायांकन धमाधम भइरहेको छ ।

गत चैत २१ गतेदेखि संखुवासभा र ताप्लेजुङ लगायत विभिन्न ठाउँहरुमा छायांकन भैरहेको चलचित्रलाई प्रकाश सुब्बाले निर्देशन गरिरहेका छन । चलचित्र लिम्बू समुदायको साम्सामा (मृतात्माको यात्रा) बारे बन्न लागेको बताइएको छ ।

फक्ताङ्लुङ फिल्म्स प्रा.लि.द्वारा निर्मित चलचित्रमा प्रेम सुब्बा, अप्सरा सेर्मा, राज थापा काउचा, सागर केरुङ, विजय संयक, पुर्ण लिम्बू, सञ्जु थलङ, सागर सिङगल, सुदिप थक्लुङ लगायतको अभिनय रहेको छ ।

याक्थुङ जातिको शास्त्र मुन्धुममा आधारित चलचित्रलाई गंगामणि राइले छायांकन गरिरहेका छन भने कार्यकारिणी निर्माता आयुब केसि रहेका छन ।

सम्बन्धित खवर