पान्थर । लिम्बु संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘येबा साम’ को छायांकन सम्पन्न भएको छ ।
गत फागुन देखि पान्थरको विभिन्न ठाउँमा छायांकन शुरु भएको चलचित्रको शुक्रबार छायांकन कार्य सम्पन्न भएको हो ।
लिम्बू समुदायमा प्रचलित येबाले गर्ने अनुष्ठानलाइ मुख्य बिषयवस्तु बनाएर निर्माण गरिएको चलचित्रलाई बिक्रम योङ्हाङ्ले लेखन निर्देशन गरेका हुन ।
रोजा राई र सीता पङ्यागु निर्माता रहेको चलचित्रमा लक्ष्मी योङ्हाङ, सागर केरुङ, उदय बेघा, सम्झना राई, पुष्कर दाहाल, फुङ्सो जबेगु, आर्यान बुढा, तुलसा लिम्बु लगायतले अभिनय गरेका छन ।
अभय चौधरीको छायांकन र तुलसा लिम्बुको श्रृङ्गार रहेको चलचित्र येबा सामलाई आगामी सिसेक्पा तङ्नामबाट प्रदर्शनमा ल्याइने निर्देशक योङ्हाङ्ले बताए ।