- आन्छुमे नसान
माङसेबुङ । गायक तथा संगीतकार सेमिहाङ सिंगक र गायिका सुनिता थेगिमको सुमधुर आवाजमा प्रेमिल गित ‘मिम् ए मिम् वारो’ सार्वजनिक गरिएको छ ।
साइमन लिम्बूको शव्द तथा सेमिहाङ सिंगकको संगीतमा लिम्बू भाषामा सजिएको गित ‘मिम् ए मिम् वारो’ जी मिडिया कनेक्सन युट्यूवमार्फत सार्वजनिक गरिएको हो ।
प्रेम र द्वन्द समावेश गरिएको भिडियोमा रोमण लिम्बू लाओती र आयुसा गुरुङ अभिनय गरेका छन् । भिडियोमा युगल पोमुको मेकअप, कोरियोग्राफी, परिकल्पना तथा निर्देशन रहेको छ ।
मज्जाको राईको छायांकन तथा ड्रोन रहेको भिडियोमा अनिल कुमार महर्जनको सम्पादन, कलर र भिएफएक्स रहेको छ ।
देवेश राईको संगीत संयोजनमा ए वान म्युजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्ड गरेको गितको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन् ।
निर्देशकले भिडियोमा वुवाले रोजेको केटालाई लत्याएर आफुले प्रेम गरेको प्रेमीसँग भागी विवाह गर्ने क्रममा अचानक भएको दुर्घटनालाई रोचक तवरले प्रस्तुत गरेका छन् ।
भिडियोमा रविन कुमार नाल्बो, प्रकाश आङबुहाङ लिम्बू(हाङ बरे) र कमान ध्वोज लाओतीले समेत अभिनय गरेका छन् ।
भिडियो हेर्नुहोस…