- आन्छुमे नसान
माङसेबुङ । गितकार दिपेन्द्र खड्काको शव्द तथा रविन भुषालको संगीतमा प्रेमिल गित ‘मेरो मनको’ सार्वजनिक गरिएको छ ।
गायक सुमन केसी र गायिका दीपा लामाको सुमधुर अवाजमा रोमान्सले भरिएको प्रेमिल गित ‘मेरो मनको’ को म्युजिक भिडियो गायक सुमन केसी अफिसिय युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।
साजन कटेलको निर्देशन रहेको भिडियोमा कमल सिं र क्रिष्टिना क्षेत्रीले रोमान्स गरेका छन् । भिडियोमा दिनेश पराजुलीकको छायांकन, पुनम चौधरीको मेकअप र राकेश दाहालको सम्पादन तथा कलर रहेको छ ।
सुमन केसीको संगीत संयोजनमा द पिक स्टुडियोमा दिनेश लाल राजवहाकले रेकर्डिङ गरेको गितलाई चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
भिडियो हेर्नुहोस…