- आन्छुमे नसान
माङसेबुङ । कलाकार तथा निर्देशक अनिसहाङ लाओतीको निर्देशनमा लिम्बू कल्चरमा आधारित पालाम ‘आम्बी’ (माई नु देउमाई–२) सार्वजनिक गरिएको छ ।
चारखोले शिसिर लिङदमको शव्द तथा लय संकलनमा अनिसहाङ लाओती र गरिमा लिङदमको अभिनय रहेको पालाम ‘आम्बी’ चारखोले म्युजिक अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
पहिचानबादी गायक व्रविम सेर्मा र गायिका भिमा कुमारी साम्वाको आवाजमा सजिएको पालाममा खुस्बु माखिम, दिव्या लिम्बू, विनिसा माखिम, सन्देश लिम्बू र हाङ तरेबा लिम्बूको समेत अभिनय रहेको छ ।
भगेन्द्र याम्फु(साम्बा) को छायांकन तथा सम्पादन रहेको भिडियोमा देवराज सिग्देलको सहायक छायांकन, सोनु साम्सुहाङ राईको मेकअप तथा विक्रम याम्फुको कलर रहेको छ ।
मनोज साङसोन राईको संगीत संयोजनमा किङ स्टुडियो काठमाडौं, काम चलाउ स्टुडियो कुवेतमा सुरेन्द्र पन्धाक लिम्बूको रेकर्डिङ रहेको पालामको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।
पालाम भिडियो मोरङको केराबारीमा छायांकन गरिएको हो ।
पालाम हेर्नुहोस…