याक्थुङ मुनचइत चोक सयङ पान्थरको अध्यक्षमा जवेगू निर्वाचित - Mangsebung News
  • मङ्गलबार, बैशाख २९, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ मुनचइत चोक सयङ पान्थरको अध्यक्षमा जवेगू निर्वाचित

पान्थर। याक्थुङ मुनचइत चोक सयङ (याक्थुङ चलचित्रकर्मी संघ) पान्थर जिल्ला अध्यक्षमा फुङ्सो जवेगू निर्वाचित भएका छन् ।

याक्थुङ मुन्चइत चोक सयङका केन्द्रीय अध्यक्ष सागर केरुङको प्रमुख आतिथ्यमा शनिबार पान्थरको फेदेनमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले जवेगूलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

नवनिर्वाचित उपाध्यक्षमा भूपेन योङ्हाङ, सचिवमा रजनी हाङ्सरुम्बा, सहसचिवमा बुद्ध केरुङ, कोषाध्यक्षमा अमृता जवेगू रहेका छन् ।

यसैगरी सदस्यमा निशाम तुम्बापो, उत्तम योङ्हाङ, सुयोन आङ्देम्बे, विवेक हाङ्सरुम्बा, मनेन्द्र केरुङ, समीर जवेगू छन् ।

यस्तै सल्लाहकारमा मधु केरुङ, नरेन्द्रराज केरुङ, बुद्धराज लिम्बु र सुरेन शिशिर केरुङ रहेका छन् ।

सम्बन्धित खवर