दिनेशको निर्देशनमा गंगा र भक्तिको पालाम ‘लुङमाओ केयुङ्लो’ सार्वजनिक - Mangsebung News
  • सोमबार, बैशाख ०७, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको निर्देशनमा गंगा र भक्तिको पालाम ‘लुङमाओ केयुङ्लो’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गायिका गंगा फियाक र गायक भक्ति आङदेम्बेको आवाजमा सजिएको पालाम ‘लुङमाओ कुयुङ्लो’ सार्वजनिक गरिएको छ ।

दिनेश माङमु लिम्बूको निर्देशन तथा कोरीयोग्राफीमा भक्ति आङदेम्बेको शव्द संकलन तथा लय संकल रहेको पालाम ‘लुङमाओ केयुङ्लो’को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

सुमन लिम्बू र सिर्जना जबेगुको समेत आवाज रहेको पालाममा गंगा फियाक, भक्ति आङदेम्बे, मीरा फियाक, सन्धया फियाक, चन्द्र लाओती फियाक, माया कन्दङवा आङदेम्बे, स्वष्तिका निङलेकु आङदेम्बे, डिगेन फियाक, हरि आङदेम्बे, निहाङ सेन्दाङ लिम्बू, चन्द्रबहादुर आङदेम्बे र भेषराज येक्तेनको अभिनय रहेको छ ।

सुजन श्रेष्ठको छायांकन, कृष्ण सुवेदीको मेकअप, याङसाङ मुकारुङको कला, डिएनएक्स हाङगामको सहायक छायांकन रहेको पालाममा अनिल रानाको सम्पादन रहेको छ ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङ स्टुडियोमा रेकर्ड गरिएको पालामलाई सुरेश राईले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

लिम्बू कल्चरमा आधारित पालाम भिडियो भक्ति आङदेम्बे अफिसियल युट्यूव च्यालबाट सार्वजनिक गरिएको हो ।

पालाम भिडियो हेर्नुहोस…

सम्बन्धित खवर