वैशाक १७ बाट नियमित पठनपाठन सुरु गर्न माङसेबुङ गाउँपालिकाको निर्देशन - Mangsebung News
  • बुधबार, असार ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वैशाक १७ बाट नियमित पठनपाठन सुरु गर्न माङसेबुङ गाउँपालिकाको निर्देशन

  • आन्छुमे नसान

माङसेबुङ । नेपाल शिक्षक महासंघको आयोजनामा विद्यालय शिक्षा ऐन जारीको माग गर्दै गत चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौँ केन्द्रित अनिश्चितकालिन आन्दोलन गरेको आज मङ्गलवार २८ दिन वितेकोे छ ।

सरकारले नेपाल शिक्षक महासंघको वार्ता टोलीसँग संवाद गरिरहे पनि आजसम्म निष्कर्षमा पुग्न सकेको छैन ।

यस्तोमा इलामको माङसेबुङ गाउँपालिकाले भने विज्ञप्ति जारी गर्दे बैशाक १७ गतेबाट सामुदायिक विद्यालयहरुमा पठन पाठन सुरु गर्न अल्टिमेटम दिएका छन ।

मंगलबार माङसेबुङ गाउँपालिकाले बालबालिकाको पठन पाठनमा मात्र हैन उनीहरूमा मनोवैज्ञानिक असर समेत पर्र्नेे र गुणस्तर झन् बिग्रने भएको हुँदा भर्ना अभियान सञ्चालन गर्न र पठन पाठन नियमित सञ्चालन गर्न आग्रह गर्दै पालिका अध्यक्ष हेमन्त राईको हस्ताक्षरमा विज्ञप्ति जारी गरेका हुन् ।

विगतमा सरकार र महासङ्घबिच भएका सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग शिक्षकहरूको छ । शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान, एसइई परीक्षा उत्तर पुस्तिका परीक्षण, कक्षा १२ को परीक्षा प्रभावित बनेको छ ।

यसैगरी इलामका अन्य स्थानीय तहले पनि विज्ञप्ति जारी गर्दे पठन पाठन सुरु गर्न अल्टिमेटम दिएका हुन । मङ्गलवार जिल्लाको फाकफोकथुम, माई नगरपालिकाले वैशाख १७ बाट पठनपाठन सुरु गर्ने अनुरोध गरेको छ ।

चुलाचुली गाउँपालिका र इलाम नगरपालिकाले एक दिन अघि नै पठनपाठन सुरु गर्न आग्रह गरेको थियो । चुलाचुली गाउँपालिकाले १६ गतेबाटै पठन पाठन सुरु गर्न आग्रह गरेको थियो ।

सम्बन्धित खवर