हङकङ । हङकङमा शमशेर तुम्बाहाम्फेको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा प्रवास समिति गठन भएको छ ।
बिहिबार मे १ तारिक अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रवास समिति गठन भएको हो ।
मोर्चाका संयोजक डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा हङकङमा आयोजित कार्यक्रममा प्रवास समिति गठन भएको जनाइएको छ ।
नवगठित समितिको सदस्य सचिवमा आइन्बा पोमु, कोषाध्यक्षमा खगेन्द्र लाओती र प्रवक्तामा हाङ्सो अरुम्हाङ् रहेका छन् ।
यसैगरी सदस्यमा चन्द्रमान पाख्रिन, रबिन नाल्बो, मौसम इम्बुङ, माया कुरुम्बाङ, तिलक गुरुङ, कमानध्वज लाओती, माया राई, नविन सुहाङ, तिलक सोमै मगर, एन्जिला शेर्पा र लोकेन थाम्सुहाङ रहेका छन् ।
यस्तै सल्लाहकारमा एमबि थापा मगर, रविन लिङदेन, जीवन मेयाङ्बो, जेबि ओख्राबु, कृष्णराज लाओती र टंक सम्बाहाम्फे रहेका छन् ।
हङकङमा आयोजित ‘नेपाली माटोको लागि एकात्मक सत्ताको विरुद्ध ऐतिहासिक पहिचानको संघर्ष किन ?’ शिर्षकमा डा. लावतीले आफ्नो विचार राखेका थिए् ।
अन्तरक्रियामा डा. लावतीले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक भनिएता पनि संविधान अक्षरस पालना नभई व्यवहारमा लागू गर्न नसकेको कारण देशमा पहिचान मुद्दा ओझेल परेको बताए ।
कार्यक्रममा हङकङमा रहेर पहिचान आन्दोलनलाई सहयोग र सद्भाव राख्नुहुने विशिष्ट मानुभावहरुको सहभागिता रहेको थियो ।