द भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि धादिङका प्रशेष पाण्डेले चुम्यो - Mangsebung News
  • बुधबार, असार ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

द भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि धादिङका प्रशेष पाण्डेले चुम्यो

काठमाडौं । गायन रियालिटी टिभी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि फरक क्षमता भएका धादिङका प्रतिभा प्रशेष पाण्डेले जितेका छन् ।

शुक्रबार राती सम्पन्न ग्राण्ड फिनालेमा कोच खेम सेन्चुरीको टिमबाट प्रतिस्पर्धी पाण्डे उपाधि विजेता बनेका हुन् ।

यसैगरी कोच मेलिना राईको टिमबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए । कोच राजु लामाको टिमबाट इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए ।

कोच उदय सोताङको टिमबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् ।

विजेता भएसँगै पाण्डेले २० लाख नगद प्राप्त गरे भने अन्य दुई प्रायोजकबाट १÷१ लाख रुपैयाँ प्राप्त गरे ।

विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरेका थिए ।

 

सम्बन्धित खवर