इलाम । सन्तराम योङहाङको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा इलाम जिल्ला समिति गठन भएको छ ।
शुक्रबार इलामस्थित फ्रेण्डस् होटलको सभाहलमा सम्पन्न कार्यक्रमबाट योङहाङको संयोजकत्वमा ७७ सदस्यीय संयुक्त पहिचानवादी मोर्चा ईलाम जिल्ला समिति गठन भएको हो ।
नवगठित समितिको सहसंयोजकहरुमा दोर्जे मोक्तान तामाङ, शेरबहादुर लोक्ताम, तिलरुपा सवेनहाङ, रमेश नेम्बाङ, नरेन्द्र राई, सन्जिता पन्धाक, फुलमाया काफ्ले तामाङ चयन भएका छन् ।
यसैगरी सदस्य सचिवमा अमृत तामाङ, सहसचिवहरुमा कुमार फत्र लिम्बु र रणधोज खाम्दाक रहेका छन् ।
कार्यक्रममा मोर्चाका नेताहरु डकेन्द्र सिंह थेगिम, ज्ञान बहादुर गुरुङ्, खगेन्द्र माखिम, राजकुमार नाल्बो, एल.बी. पालुङ्वा, टुपेन्द्र एक्तेन, भवि तुम्सा, गंगा सेर्मा राई, शुस्मा राई र शर्मिला आङदेम्बे लगायत नेताहरुको उपस्थिति रहेको थियो ।