- आन्छुमे नसान
माङसेबुङ । गायिका निरन्ता नेम्बाङको आवाजमा मनछुने गित ‘परदेशी’को स्टुडियो लिप्सिङ भिडियो सार्वजनिक गरिएको छ ।
मिस्टेक अन्जान लिम्बूको शव्द तथा संगीतमा विदेशीएका श्रीमानको यादमा विरह पोखिएको भाव प्र्रस्तुत गरिएको गित ‘परदेशी’ गायक तथा संगीतकार उपेन्द्र लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियोमा एजे एजेयुको निर्देशन तथा छायांकन रहेको छ ।, गीता रसाइलीको मेकअप रहेको भिडियोमा मिन रावलले सम्पादन तथा कलर गरेका छन् । भिडियोमा गायिका निरन्ता नेम्बाङकै फिचरिङ रहेको छ ।
उपेन्द्र लिम्बूको संगीत संयोजनमा किङ स्टिुडियोमा सुरेश राईले रेकर्ड गरेको गितमा राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ रहको छ ।
भिडियो हेर्नुहोस…