इलामको माङसेबुङमा साकेला सिलि प्रदर्शन - Mangsebung News
  • बुधबार, साउन ०१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको माङसेबुङमा साकेला सिलि प्रदर्शन

  • आन्छुमे नसान

माङसेबुङ । इलामको माङसेबुङमा किरात राई समुदायको साँस्कृतिक साकेला सिलि प्रदर्शन गरिएको छ ।

शनिबार इलामको माङसेबुङ गाउँपालिका ६, हस्टे डाँडास्थित पारुहाङ वावुक साकेला पार्कमा किरात राई उभौली चाड २०८२ को अवसरमा साकेला सिलि प्रदर्शन गरिएको हो ।


साकेला सिली उभौली व्यवस्थापन मूल तयारी समिति माङसेबुङ इलामको आयोजनामा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्य तथा माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त माक्रेहाङ राईको विशेष आतिथ्यता रहेको साकेला सिली प्रदर्शनमा पाँचथर र इलामका १३ वटा साकेला समूहले सहभागिता जनाएका थिए ।

किरात राईहरुको मौलिक भेषभूषामा सझिएका राई समुदायका कलाकारले आफ्नो सांस्कृतिक नाच साकेला सिली प्रदर्शन गरेका थिए ।


प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले किरात समुदायको संस्कृतिलाई पर्यटनसँग जोडेर आर्थिक समृद्धिको रूपमा अगाडि बढाउनु पर्ने बताए ।

‘किरात समुदाय संस्कृतिक रुपमा धनी छौं’  प्रमुख राईले भने, ‘किराती समुदायले उधौली र उभौली हरेक वर्ष विशेष कर्यक्रम गरेर मनाउँदै आएका छौं ।’

उनले यस्ता चार्डपर्वले पहिचान झल्काउने अवसर भएको बताए ।


कार्यक्रममा पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडा, केचना कञ्चनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव धौराली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकृति पूजक किरातीहरूले वैशाकमा बाली लगाउने वेलामा उभौली र मंसिरे पूर्णिामामा बाली भित्र्याउने समयमा उधौलीको चाडको रूपमा विशेष कार्यक्रम गरेर मनाउने गरेका छन् ।


गत वर्षदेखि होस्टेमा बृहत् साकेला प्रदर्शन गरिँदै आएको छ।  गत वर्ष हस्टेमा वावुक (चिन्डो)को प्रतिमा स्थापना गरिएको थियो।

साकेला सिली उभौली व्यवस्थापन मूल तयारी समितिका अध्यक्ष रञ्जित कोयु राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विनोद नेम्वाङको स्वागत मन्तव्य तथा सुसन रुङमाहाङ राईको सञ्चालन गरेका थिए ।

 

 

 

सम्बन्धित खवर