- आन्छुमे नसान
माङसेबुङ । गितकार भद्रकला आङबुहाङ राईको प्रेमिल शब्द रहेको गित ‘अविरल माया’ गायक सुरेश लामा र गायिका सविना योङहाङको आवाजमा सार्वजनिक गरिएको छ ।
‘अविरल माया’ भिडियो गितकार भद्रकला आङबुहाङ राईको अफिसियल युट्युबच्यानलबाट सार्वजनिक गरिएको हो ।
संञ्जीव बराइलीको संगीत तथा संगीत संयोजन रहेको गितको भिडियोलाई निर्देशक युगल पोमू लिम्बूले निर्देशन गरेका हुन् ।
युगलकै मेकअप, हेयर र कोरियोग्राफीमा हङकङको विभिन्न रमणीय स्थानहरुमा छायाँकन गरिएको भिडियोमा गायिका समेत रहेकी दीपा सुहाङ र प्रकाश राईले अभिनय गरेका छन् ।
कार्यक्रमको सिलसिलामा दीपा हङकङ पुगेका बेला छायांकन गरिएको भिडियोमा युगल प्रेमी–प्रेमिकाबीचको माया र समर्पणलाई प्रस्तुत गरिएको छ ।
मज्जाको राईले छायांकन रहेको भिडियोलाई अनिलकुमार महर्जनले सम्पादन गरेका हुन् । गित एकाष्टिक स्टुडियोमा राजाबाबु थारुले रेकर्डिङ गरेका हुन् ।
भिडियो हेर्नुहोस…