- आन्छुमे नसान
माङसेबुङ । प्रेमिल गित ‘बाँध मायाले’को म्युजिक भिडियो गायक तथा संगीतकार उपेन्द्र लिम्बू र गायिका तुलसा लिम्बूको आवाजमा सार्वजनिक गरिएको छ ।
मिस्टेक अन्जान लिम्बूको शव्द तथा उपेन्द्र लिम्बूकै संगीतमा संगै जीउने सँगै मर्ने कसम खाएका प्रेमिल जोडीको मनको वह पोखिएको सुन्दर प्रेम भाव प्रस्तुत गरिएको गित ‘बाँध मायाले’को म्युजिक भिडियो गायक तथा संगीतकार उपेन्द्र लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियोमा एजे एजेयुको निर्देशन तथा छायांकन रहेको छ । वसन्त कुलाल र आशा तामाङको फिचरिङ रहेको भिडियोमा रोजिना श्रेष्ठको मेकअप रहेको छ ।
भिडियोमा प्रकाश परियारको सम्पादन र अनिल विष्ट प्युठानीको कलर रहेको छ ।
उपेन्द्र लिम्बूको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टिुडियोमा रेकर्ड गरिएको गितमा योगेन मुकारुङको मिक्सिङ तथा मास्टरिङ रहको छ ।
भिडियो हेर्नुहोस…