- आन्छुमे नसान
माङसेबुङ । एक पछि अर्को म्युजिक भिडियो निर्देशनमा व्यस्त निर्देशक दिनेश माङमु लिम्बूको पछिल्लो निर्देशन रहेको पालाम ‘सेसेलुङ् हेक्के’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
सुवर्ण नेम्बाङ ‘यम्वे’को शव्द संकलन तथा गृष्ण आङबुहाङको लय संकलनमा स्वर किनरी गायिका मनु नेम्बाङ र गायक गृष्ण आङबुहाङको आवाजमा पालाम ‘सेसेलुङ् हेक्के’ म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
लिम्बू संस्कृतिमा आधारित मेखिम(विवाह)मा थाङबेन मेन्छिन भेटभएपछि धान नाचेको दृश्य समावेश गरिएको पलाम भिडियोमा मनु नेम्बाङ, गृष्म आङबुहाङ, मनु थक्थुङ, नितुरानी नेम्बाङ, सुर्य आङबुहाङ, विष्णु साँबा, सुवर्ण नेम्बाङ, लिलाकुमारी तुम्रोक र राज कुमारी तुम्रोकको अभिनय रहेको छ ।
गृष्म आङबुहाङ र सुर्य आङबुहाङको निर्माणमा सुजन श्रेष्ठको छायांकन र अनिल रानाको सम्पादन रहेको भिडियोमा असोक मण्डल र पारस योञ्जनको मेकअप रहेको छ ।
श्याम लिम्बूको संगीत संयोजन रहेको पालाम साम्लोमा एभरेष्ट रेकर्डिङ एण्ड फिल्म एडिटिङ स्टुडियो लगनखेलमा चन्द्र वाम्बुलेले रेकर्ड तथा राजु कार्कीको मिक्सिङ मास्टरिङ रहेको छ ।
पालाम भिडियो हेर्नुहोस…