चलचित्र ‘येबा साम’ को बहुप्रतिक्षीत गित ‘तिम्रो गाउँ’ सार्वजनिक - Mangsebung News
  • बुधबार, असार ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चलचित्र ‘येबा साम’ को बहुप्रतिक्षीत गित ‘तिम्रो गाउँ’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । लिम्बु संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘येबा साम’ को बहुप्रतिक्षीत गित ‘तिम्रो गाउँ’ सार्वजनिक गरिएको छ ।

विक्रम योङहाङको शव्द, शाहिल लिम्बूको संगीतमा शाहिल लिम्बू, सुनिता थेगिम, सुनिता संयक लिम्बू र मोनिका राईको आवाजमा रहेको गित ‘तिम्रो गाउँ’ सार्वजनिक गरिएको हो ।

मुहिम फिल्म्स प्रा.लि.को प्रस्तुतिमा निर्मित पान्थरको ऐहिासिक तथा रमणीय स्थलहरुमा छायांकन गरिएको चलचित्रको सेप्माङ फिल्म्स अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

लिम्बू समुदायमा प्रचलित येबाले गर्ने अनुष्ठानलाई मुख्य बिषयवस्तु बनाएर येवा र साम(आत्मा) विचको द्वन्दलाई रोचक तवरले प्रस्तुत गरेर निर्माण गरिएको चलचित्रलाई बिक्रम योङ्हाङ्ले लेखन निर्देशन गरेका हुन ।

रोजा राई र सीता पङ्यागु निर्माता रहेको चलचित्रमा लक्ष्मी योङ्हाङ, सागर केरुङ, उदय बेघा, सम्झना राई, पुष्कर दाहाल, फुङ्सो जबेगु, आर्यान बुढा, तुलसा लिम्बु लगायतले अभिनय गरेका छन ।

अभय चौधरीको छायांकन र तुलसा लिम्बुको श्रृङ्गार रहेको चलचित्र येबा सामलाई आगामी सिसेक्पा तङ्नामबाट प्रदर्शनमा ल्याइने निर्देशक योङ्हाङ्ले बताए ।

यस अघि चलचित्र येबा सामको टिजर समेत सेप्माङ फिल्म्स अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर