वेलायत । ज्ञानु फुरुम्बो चरपेको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा आस्फोर्ड क्षेत्र गठन भएको छ । गत २४ मे २०२४ मा सम्पन्न भेलाले फुरुम्बोको संयोजकत्वमा २५ सदस्यी पहिचानवादी मोर्चा आस्फोर्ड क्षेत्र गठन भएको हो ।
सह–संयोजकहरुमा दुर्गा पाङमा, धनु याक्खा, सदस्य सचिवमा माक्सती ओख्राबो र कोषध्यक्षमा लक्ष्मी प्रसाद तुम्बाहाङफे चयन भएका छन ।
यसैगरी सदस्यहरुमा दिपेन्द्र फेयङ, हेम चोङवाङ, लोक गुरुङ, शान्ती लिम्बू सानू, आशा मादेन, प्रेम गुरुङ, नहरजङ माबोहाङ, विनोद वनेम, डाग बहादुर चोङवाङ, कविता माबोहाङ, प्रविन लुङफुङवा, बलहाङ माबोहाङ, चन्द्र किरण, मान लक्सम माबोहाङ, राज आङबुहाङ, काजी मान ओख्राबो, प्रशान्त देवान, सिङलाहाङ पतङवा, तेज याक्खा र राजेन्द्र नेम्बाङ चयन भएका छन् ।
पहिचानवादी मोर्चा युकेका संयोजक देवी बहादुर तुम्बाहाङफेको प्रमुख आतिथ्यमा गठन भएको उक्त कार्यक्रममा प्रमुख सचिवालय सदस्य सचिव लाहाङ चेम्जोङ सह संयोजक चन्द्र प्रसाद लिङदेन, विजय लुङफुङवा, संगठन बिभाग प्रमुख राम इजम, संवाद बिभागका सन्तवीर नेम्बाङ, विचार विभाग सदस्य गणेश इजम, आन्दोलन बिभाग दिल तुम्बाहाङफे, केन्द्रीय सदस्य शिखर सम्बाहाङफे र चक्र प्रसाद लिम्बु लगायतका केन्द्रिय समितिहरुको उपस्थिति रहेको थियो ।
मन्तब्यको क्रममा पहिचावादी मोर्चा यस्तो शक्ति हो अबको एक मात्र उदयमान वैकल्पिक शक्तिको रुपमा उभिएको संगठन वा राजनितिक दल हो । बहुसांस्कृतिक समाजवाद र लोकतन्त्राको मसिनु तरिकाले बुझे र विश्लेषण गरेर हिजो देखि पहिचान, अस्तित्व अधिकारबाट पाखा लगाएका जाती समुदाय वर्गहरुको हितका लागि एक नक्षेत्र भएर उदाएको सबै पहिचानवादीहरुको साझा संगठन हो । यो संगठनले सबैको बिचारलाई सम्मान तरिकाले लिने छ र ती सबै बिचारहरुलाई मन्थन गरेर महा बिचार निमार्ण गर्ने छ । त्यो महाविचार नै बैकल्पिक पोल्टिकल पावरको रुपमा स्थापित हुने छ भनी केन्द्रीय संयोजक लगायत बिभागीय संयोजकहरुले आफ्ना बिचार राखेका थिए ।