माङसेबुङमा किरात धर्म दर्शनमा येत्छामथिम शिर्षकमा अन्तरक्रिया - Mangsebung News
  • बुधबार, असार ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा किरात धर्म दर्शनमा येत्छामथिम शिर्षकमा अन्तरक्रिया

माङसेबुङ । इलामको माङसेबुङमा किरात धर्म दर्शनमा येत्छामथिम शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विहिबार माङसेबुङ ५ भालुटार स्थित सरस्वती माविको हलमा किरात इत्नामको १३औं शृङखला कार्यक्रम अन्तरगत सम्पन्न अन्तक्रिया कार्यक्रममा किरात साम्नी यम्बुगेनका सदस्य तथा लेखक समालोचक लछामी सेर्मा पापोले किरात धर्म दर्शनमा येत्छामथिम शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

किरात कम्युनिटि अर्गनाइजेशन अफ अमेरिकाले प्रायोजन गरेको १३औं शृङखला कार्यक्रममा तुम्याहाङको रुपमा किरात किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवाका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङ रहेका थिए ।

यसैगरी तुम्याहाङको रुपमा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्र सिंह थेगिम र किरात साम्यो नालीफुङवा मुजोत्लुङ पान्जुम्भोका पूर्व अध्यक्ष विक्रम फागो वनेम, लेखक साहित्यकारहरु सेर्मा साम्जिरी सेमी, सिकुम्दाङ याक्थुङबा बुद्ध, साङजोत्लुङ आङदेम्बे, नरेन्द्र थेगिम, ललित चन्द्र फियाक, राजु माबोहाङ, लाखमान थेगिम, सुजन आङबुहाङ, धिरेन्द्र आङदेम्बे, निलम नेम्बाङ र चनहाङ सेर्मा लगायको उपस्थिति रहेको थियो ।

हरेक महिना विभिन्न विषय अन्तर्गत रहेर कार्यक्रमको आयोजना गदै आइरहेकोमा यसअघि किरात इत्नामको बाह्रौं शृङ्खला कार्यक्रम अन्तरगत गत बैशाक १८ मा सम्पन्न अन्तक्रिया कार्यक्रममा फाल्गुनन्द दर्शन अध्येता आङबुहाङ अवोध अविरलले किरात धार्मिक पर्व विशेष सत्य धर्म मुचुल्का र समाज सुधार शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

माङसेबुङ टिभी, किरात चोत्लुङ मिडिया प्रालि, किरात आवाज डटकम, इङघङ, माङसेबुङ आवाज र इङघङ डटकम मिडियाद्वारा आयोजित कार्यक्रम विभिन्न व्यक्तित्वहरुको विचार, विमर्श, ज्ञान र अनुभवहरु व्यक्त गर्ने साझा कार्यक्रम रहेको छ ।

सम्बन्धित खवर