- आन्छुमे नसान
माङसेबुङ । गायक तथा संगीतकार सेमिहाङ सिंगक र गायिका तिर्सना नेम्बाङको आवाजमा प्रेमिल गित ‘जुन जस्तै’ सार्वजनिक गरिएको छ ।
सेमिहाङ सिंगककै शव्द तथा संगीत रहेको गितको म्युजिक भिडियो सेमहिाङ क्रिएशन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
दिनेश माङमुको निर्देशन रहेको भिडियोमा पासाङ पी सेर्पा, थोकफेला लिङदेन र हाङमा थोप्राको अभिनय रहेको छ ।
इशाक जबेगुको छायांकन सम्पादन तथा पोष्ट प्रडक्शन रहेको भिडियोमा सुनिता चोङबाङको मेकअप रहेको छ ।
देवेश राईको संगीत संयोजनमा किङग् स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको गितको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।
भिडियो हेर्नुहोस…