- आन्छुमे नसान
माङसेबुङ । गायिका सविना योङहाङ लिम्बूले दर्शक स्रोतामाझ प्रेमिल गित ‘यो मन मानेन’ लिएर आएकि छन् ।
गायिका योङहाङले उत्तमजंग लावतीको शव्द तथा संगीतमा गित ‘यो मन मानेन’को म्युजिक भिडियो आफ्नै च्यानल सविना योङहाङ लिम्बू अफिसियल युट्यूव मार्फत सार्वजनिक गरेकि हुन् ।
भिडियोमा सान थापाको निर्देशन तथा दिनेश पराजुलीको छायांकन रहेको छ । एनिमेस जोर्डानको मेकअप रहेको भिडियोमा सविना योङहाङले नै फिचरिङ गरेकि छन् ।
सविन लिम्बूको संगीत संयोजनमा एकाष्टिक स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन् ।
रोशन विश्वकर्मको कोरियोग्राफी रहेको भिडियोमा विवेक सुनारको सम्पादन, सुप्रिम पराजुलीको कलर ग्रेडिङ रहेको छ ।
भिडियो हेर्नुहोस…