संकल्पले ल्याए ‘झुठै भएनी’ - Mangsebung News
  • बुधबार, असार ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संकल्पले ल्याए ‘झुठै भएनी’

काठमाडौं । नवगायक संकल्प श्रेष्ठको डेब्यु गीत ‘झुठै भएनी’ सार्वजनिक भएको छ । गीतका शब्द, संगीत र स्वर गायक श्रेष्ठकै छन् । गीतको म्युजिक भिडियोको निर्देशन निकोलस गुरुङले गरेका हुन् ।

भिडियोलाई जीवन्त बनाउन कलाकार सागर थापा धु्रव, मनिषा गुरुङ र रोहन नेपालीको अभिनय देख्न पाइन्छ ।

भिडियोको छायांकन तथा रङ संयोजन सन्दीप तिवारीले गरेका हुन् भने सम्पादनको जिम्मा अनुप गुरुङले लिएका छन् । कथा, पटकथा र सह–निर्देशन सैलेश त्साजनले सम्हालेका छन् ।

चंगा प्रोडक्सनको प्रस्तुति रहेको यो म्युजिक भिडियो गायक श्रेष्ठकै युट्युब च्यानल ‘संकल्प श्रेष्ठ’ मार्फत सार्वजनिक गरिएको हो ।

भिडियोका निर्माता विवेक गुरुङ हुन् । निर्माण टोलीले भिडियो हेरेर आफ्ना सुझाव तथा प्रतिक्रिया दिन सबै दर्शक–श्रोतालाई आग्रह गरेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर